annapurna add

काठमाडाैं । धनगढीमा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा फेला परेका प्रहरी अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक गोविन्द बिकको हत्या गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ ।

असई विक हत्या प्रकरण : हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

अपडेट : धनगढीमा हत्या गरिएका असई विकका आफन्तले बुझे शव

धनगढी असई गोविन्द बिक हत्या प्रकरण : थप २ जना पक्राउ, पक्राउ पर्नेकाे संख्या १३ पुग्याे

यस कारण मारिएका रहेछन प्रहरीका असई गोविन्द विक, खुल्यो रहस्य !

असई हत्या प्रकरण अपडेट : हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ

कैलाली प्रहरी (असई) विक हत्या प्रकरण : ११ जना पक्राउ, वेपत्ता हवल्दारको खोजी जारी

असई गोविन्द विकको घाटी रेट्ने तस्कर कि प्रहरी जवान ?

अपडेट : प्रहरी असईको तस्करद्वारा घाँटी रेटेर हत्या

धनगढीमा ड्युटीमा खटेका असई मृत फेला, एक जवान बेपत्ता

Govind Vk murder caseधनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका प्रहरी सहायक निरिक्षक बिकको हत्या गर्ने गिरोह पक्राउ परेको स्रोतले जनाएको छ ।

बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न ६ जना पक्राउ परिसकेको र उनीहरु हत्या गरेको पनि स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो । घटनामा संग्लन केही व्यक्तीहरु भागिरहेकोले उनीहरुको पनि खोजी तिव्र बनाईएको छ । प्रहरीले हत्यामा संग्लन भएको आशंकामा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएका ६ जना र अन्य १० जनालाई छुट्टाछुट्टै राखेर प्रहरीले बयान गरिरहेको स्रोतले बतायो । सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले गएराति थप तीन जना पक्राउ गरेको पुष्टि गरे ।

आफ्नो अवैध धन्दामा अवरोध बनेपछि तस्करहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकलाई निर्ममतापूर्वक हत्या गरेको खुलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधीको नजिक पुगेको बताएका छन् । साँझ सम्म परिणाम देखिने प्रहरी वरिष्ठ उपरिक्षक सिँहले बताए ।

शनिबार राती नियमित गस्तीमा निस्किका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...