1478958692 banner ad format

 
 

बैतडी । सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत् सोमबार गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ ।

Gaura

सोमबार अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् ।

धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाइ गौराघरमा भित्र्याउने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताए ।

व्रतालु महिलाले आज बिहानै नुहाइ–धुवाइपछि दिनभर व्रत बसी साँझ गौराघरमा जम्मा भएर गौराको पूजा गर्ने चलन रहिआएको छ ।

आज भित्र्याइएको गौरालाई महिलाले विभिन्न फागमार्फत् आह्वानसमेत गर्ने गर्छन् । व्रतालु महिलाले आज विभिन्न पूजा सामग्री लगेर गौराको पूजा गर्ने चलन छ । आजै व्रतालु महिलाले आफ्ना गुरुबाट दीक्षासमेत लिने गर्छन् ।

व्रतालु महिलाले आज कुन्ड स्नान गर्ने चलनसमेत रहिआएको छ । यस्तै, व्रतालु महिलाले दुबधागो पनि आजै गौरामा चढाउने गर्छन् । आज भित्र्याइएको गौरालाई भोलि दुर्वाष्टमीका दिन गौराखलामा लगेर पूजा गर्ने गरिन्छ ।

यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामा गौराको चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरुसमेत गौराका लागि घर फर्केपछि गाउँघरमा चहलपहल बढेको हो ।

गौराको अवसरमा हिजोआज गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायतका खेल भइरहेका छन् ।

यी खेलमा प्राचीन इतिहास समेटिएको संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताए । यी खेलमा देवी–देवताका गाथासँगै वीरपुरुषका इतिहाससमेत समेटेको पाइन्छ ।

तर, यी संस्कृतिका विषयमा युवापुस्ताको ध्यान नजाँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood