puskar kantipath

सल्यान । सल्यान कुमाख गाउपालिका ६ बडागाउँका १५ बर्षिय पुस्कर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।  श्री जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत छोरा पुस्करलाई विहानै घरबाट पक्राउ गरेको उनका बुबा वीर बहादुर सुनारले जानकारी दिएका छन् । 


९ कक्षामा अध्ययन गर्ने आफ्नो छोरालाई घरमा विहानै प्रहरी आएर लिएको छ अध्ययन गर्ने छोरोलाई विहानै एक्कासी प्रहरीले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको भन्दै सुनारले तस्तो नगर्न अनुरोध गरेका छन् । 


उनले हिजोको जस्तो दलितलाई हेप्ने कमजोर हुनुुपर्ने व्यवस्था बदल्न भनेर हिडेर हामीलाई प्रयोग गरेकाहरु नै अहिले दमनमा आएर प्रहरी परिचालन गरेको भन्दै दुःख पोखेका छन् ।

प्रश्न गर्दै भन्छन के हामी दलितका छोराछोरी फेरी कथित साहुमहाजनकै दास बन्नुपर्ने हो ? हामीसंगको टेलिफोन कुराकानीमा बुबा वीर बहादुर अगाडी भन्छन–“स्कुल जान्थ्यो, पढ्थ्यो, स्कुलमा अरु के गथ्र्यो हामीलाई थाहा छैन, विद्यार्थी संगठनमा थियो रे, के लोकतन्त्रमा संगठनमा बस्ने अधिकार छैन र ?” उनि भन्छन गणतन्त्र ल्याउन पनि मेरै छोराहरु लडे त्यो बेला पनि पढ्न पाएनन आज पनि पढ्दापढ्दै छोरालाई प्रहरी पक्रेर लग्यो । बालखै छोरा हो प्रहरी पक्राउ गर्यो  ।


मेरै छोराहरु घाइते बनेर आजकोे यो व्यवस्था ल्याए, प्रचण्ड बादल सत्तामा पुगे फेरी मेरै छोरालाई बलिको बोको बनाइदैछ यो कस्तो व्यवस्था हो ? उनले व्यवस्थाप्रति नै प्रश्न गरेका छन् ।   

१५ बर्षका पुस्कर सुनार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनमा अावद्ध थिए । उनलाइ त्यसकै कारण पक्राउ गरिएको हुनसक्ने अाफन्तले बताएका छन् ।


उनलाई पक्राउ गर्नुको कारण  सोध्दा इलाका प्रहरी कार्यालय रागेचौरले सोधपुछका लागि ल्याइएको र जिल्ला पठाइएको जानकारी दिएको छ । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...