1478958692 banner ad format

 
 

काठमाडाैं । अवैध मार्गबाट नेपाल भित्रिएको सुन पक्राउका अधिकांश घटनापछि सबैभन्दा धेरै कोही पक्राउ पर्छ भने सुनचाँदी व्यवसायी नै हुन् । अवैध मार्गबाट भित्रिएको सुन किनेर बजारमा पुर्‍याउने काममा सुनचाँदी व्यवसायी जोडिएको घटना धेरै छन् । ८८ केजी सुन तस्करीमा पाँच सुनचाँदी व्यवसायी जोडिए जस्तै ३३ केजी सुन तस्करीमा पनि न्युरोडका वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस, आरके ज्वेलर्स र शालिमार ज्वेलर्स मुछिएका थिए ।

Arrested gold

प्रवक्ता नारायण पौडेलका अनुसार राष्ट्र बैंकले निजी बैंकलाई कोटा प्रणालीका आधारमा दैनिक १५ केजीसम्म सुन आयात गर्न अनुमति दिएको छ । सिजनका बेला भने राष्ट्र बैंकले यस्तो कोटा बढाएर २० केजीसम्म पुर्‍याएको देखिन्छ । तर सुनचाँदी व्यवसायीहरू सिजनमा ४० देखि ४५ केजी र अफ सिजनमा १५ देखि २० केजी सुनको माग रहेको बताउँछन् । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले राष्ट्र बैंकले कोटा प्रणाली तोकेर सुनचाँदी व्यवसायको बजार खुम्चाएको बताए । दसैंतिहारपछि सुनचाँदी व्यवसायीहरू राष्ट्र बैंकको कोटा प्रणालीविरुद्ध आन्दोलनमा उत्रिन तयारी भएको उनले बताए । 

बजारको मागभन्दा निकै थोरै मात्र सुन वैध बाटोबाट बजारमा पुगेको देखिन्छ । बजारको माग कसरी धानिएको छ त ? अध्यक्ष सुनार भन्छन्, ‘सर्वसाधारणबाट खरिद गरिएको सुन र अफ सिजनमा किनेर राखिएको स्टक सुनले बजारको माग जेनतेन धानिएको छ ।’ सुन तस्करीका अधिकांश ठूला घटनामा नेपाल भित्रिएको सुनको एउटा हिस्सा नेपाली बजारमै खपत हुने र ठूलै हिस्सा भारतीय बजारसम्म पुगेको देखिन्छ । 

करिब ३४ केजी र ८८ केजी सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी मुछिएको घटनाबाट सजिलै बुझ्न सकिन्छ बजारको माग धान्न तस्करीको सुनसमेत उपयोग भएको छ । तर महासंघका अध्यक्ष सुनार यसलाई ठाडै नकार्छन् । भन्छन्, ‘अहिलेसम्म महासंघमा आबद्ध सुनचाँदी व्यवसायीले तस्करीको अवैध सुन प्रयोग गरेको रेकर्ड छैन । महासंघ बाहिरकाले के गरे थाहा भएन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood