1478958692 banner ad format

 
 

बारा- सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला परेको थियो ।

घर नजिकैको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेबाट थिए । परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

 प्रहरीको प्रारम्भिक अनुसन्धानमा ऋण नदिएको झोकमा बालकको हत्या भएको खुलेको छ । अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहाले समय आएपछि देखाउने भनि धम्की दिएका थिए । बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको हो । बालकको अपहरण गरेकै राती घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले 

अभियुक्तलाई घटस्थापनबाट जिल्ला अदालत बन्द भएकाले अदालतको समर्थन लिएर थप अनुसन्धान र अपहरण तथा कर्तब्य ज्यान मुद्दाको कारवारी प्रकृया अगाडी बढाइने जनाए ।

 यसअघि जेठ २२ गते बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ९ बर्षीय बालक अंकित गुप्ताको पनि अपहरणपछि हत्या भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood