1478958692 banner ad format

 
 

सोलुखुम्बु । आज दिउँसो सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल नजिक भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका विमान चालक पारसकुमार राईको मृत्यु भएको छ । 

Goma Air Accident1

विमानबाट उद्धार गरी लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचारका क्रममा विमानका क्याप्टेन राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए। 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भीर रहेको छ । उनीहरुको लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ । 

मौसम खराबीका कारण उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान नसकिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । 

गोमा एयरको नाइन एन एक के वाई कलसाइन भएको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोक्किएर पाखामा खसेको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood