annapurna add

gopal budathoki

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेपछि बोर्ड बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्ष बनाएको थियो । सरकारले हालै प्रेस काउन्सिल नियमावलीमा संशोधन गरी श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाइ अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो ।

यसका विरूद्धमा परेको रिट निवेदनमा सर्वोच्चले कार्यवाहक अध्यक्ष सरकारले तोक्ने गरी भएको नियमावली संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । श्रेष्ठले राजीनामा दिएपछि शुक्रबारै बसेको काउन्सिलको बोर्ड बैठकले काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । २०६५ देखि २०६९ सम्म काउन्सिलको बोर्ड सदस्य रहिसकेका बुढाथोकी पछिल्लो २ वर्षयता पुनः काउन्सिलका सदस्य रहँदै आएका छन् । उनी साँघु साप्ताहिकका सम्पादक समेत हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...