1478958692 banner ad format

 
 

काठमाडौं । शिक्षा ऐन नवौ संशोधनको बिरोध गर्दै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा ९ बिद्यार्थी पक्राउ परेका छन् ।

Arrested in human trafficking

पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक कार्यक्रममा जान लागेका बेला संशोधन खारेज हुनुपर्ने भन्दै ब्यानर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, सचिवद्वय बिकल पौडेल र रेशम सापकोटा, चार नम्बर प्रदेशका अध्यक्ष सुनील पौडेल, उपाध्यक्ष नवराज पौडेल, सचिव संगीत लामिछाने र बिशाल तिमल्सिना छन् ।

यसैगरी, बिप्लव माओवादी निकट विद्यार्थी संगठनको पृथ्वीनारायण क्याम्पसका अधयक्ष आश तमु र शिव क्षेत्री पनि पक्राउ परेका छन् । पक्राउ ९ जनालाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।


यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood