1478958692 banner ad format

 
 

कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनाव प्रचारका लागि अनुमति लिएको हेलिकप्टरमा गोरखाका उम्मेदवार चढेको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ । कोइराला कांग्रेसका प्रचारक हुन् ।

helocoptor

वाम गठबन्धनले कांग्रेस क्षेत्र १ का उम्मेदवार चिनकाजी श्रेष्ठ, प्रदेश (ख) का राजेन्द्र बजगाई र समानुपातिक उम्मेदवार हरिबहादुर घलेविरुद्ध आचारसंहिता उंल्लघन गरेको भन्दै उजुरी गरेको हो ।

कोइरालाले चुनाव प्रचारका लागि हेलिकप्टरको अनुमति लिएको आयोगले जनाएको छ ।

हेलिकप्टरमा चढेर कांग्रेसका ३ जना उम्मेदवार चुनाव प्रचारका लागि जिल्लाको मान्वुलगायत उत्तरी क्षेत्र गएका थिए ।

‘उजुरी परेको छ, उमेदवारलाई लिफ्ट दिने विषयमा आचारसंहिता मौन भएका कारण निर्वाचन आयोगलाई जानकारी गराएका छौं,’ मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले भने ।यो खबर आजकोकान्तिपुरमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood