1478958692 banner ad format

 
 

गोरखा । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ ।

 Gorkha Barpak min

साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । 

बारपाक गाउँमा तीन सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । आज मात्रै ८० जनाभन्दा बढीको उपचार गरिएको दानीले बताए । 

बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ । डा विनोद दवाडी र डा सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन् । 

बालिकाको मृत्युको कारण खुलेको छैन । रुघाखोकी, ज्वरो र निमोनिया वा अन्य रोगका कारण बालिकाको मृत्यु भएको हो भन्ने खुलेको छैन । दानीले भने, “दश दिनदेखि बारपाकमा सिजनल फ्लुको समस्या देखा परेपछि स्वास्थ्यकर्मी परिचालन गरेका छौं । थप औषधि र स्वास्थ्यकर्मीको टोली बिहीबार परिचालन गछौँ ।” बारपाक ‘गोरखा भूकम्प’ को केन्द्र गाउँ हो ।

प्रकासित मिति

Loading...

 

yummyfood