1478958692 banner ad format

 
 

सबैभन्दा कम कबोल गर्नेभन्दा ६८ करोड बढी कबोल गर्नेलाई ठेक्का दिएकोमा आपत्ति

Grid Solar Farm

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा स्थापना गर्ने भनिएको २५ मेगावाटको ग्रिड सोलार फार्म प्रोजेक्टको ठेक्का रद्द गर्न निर्देशन दिएको छ । समितिले नयाँ टेन्डरमार्फत प्रक्रिया अघि बढाउन भनेको छ ।

प्राधिकरणले विश्व बैंकको १३ अर्ब रुपैयाँ सफ्टलोन र प्राधिकरणको ८० करोड रुपैयाँ लगानीमा सोलार प्लान्ट निर्माणका लागि ८ कात्तिक ०७३ मा कम्पनी छनोट गरेको थियो । त्यतिवेला प्राधिकरणको कार्यकारी निर्देशक मुकेश काफ्ले थिए । सबैभन्दा कम कबोल गर्नेभन्दा ६८ करोड बढी कबोल गर्नेलाई दिएको भन्दै तत्काल नयाँ प्रक्रिया थाल्न समितिले निर्देशन दिएको हो ।

परियोजना विश्व बैंकको सहायतामा सञ्चालनमा हुने भएकाले उसको खरिद निर्देशिकाअनुसार ठेक्का प्रक्रिया अगाडि बढाइएको प्राधिकरणको दाबी छ । ५२ वटा कम्पनीले टेन्डर प्रस्ताव गरेकोमा १६ कम्पनी छानिएका थिए । तीमध्ये पनि प्राधिकरणले पाँचवटा कम्पनीलाई अन्तिम मूल्यांकनमा राखेको थियो ।

हिउँदमा लोडसेडिङ हुन्छ 

लेखा समितिले तत्कालै सोलार ग्रिड फार्म प्रोजेक्टको काम रोकेर पुनः टेन्डरमा जान निर्देशन दिएसँगै हिउँदमा लोडसेडिङ हुने सम्भावना झन् बढेको छ । विद्युत् प्राधिकरणका एक उच्च अधिकारीका अनुसार तीन महिनाभित्र सोलार प्लान्टको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने र पिक सिजनको लोड कम गर्ने योजनामा धक्का लागेको छ । नयाँ टेन्डरमा जाँदा कम्तीमा पनि एक वर्ष लाग्छ ।

गलत निर्णय भएको भए जिम्मा लिन्छु : मुकेश काफ्ले 

समितिमा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले सोलार प्लान्ट राख्दा विश्व बैंकको गाइडलाइन्सअनुसार काम गरेको र नेपाल सरकारको कुनै स्ट्यान्डर्ड नभएका कारण अहिलेको स्थिति आएको बताए । उनले सोलार प्लान्टको निर्णय आफ्नै कार्यकालमा भएको भन्दै त्यसमा गलत निर्णय भएको भए जिम्मेवारी लिने बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood