tealaya add

 

Gyanendra Shahi kantipathnews

आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए ।

तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले कुपण्डोलमा पत्रकार सम्मेलन गरेका थिए । 

पर्यटनमन्त्री योगेश भट्टराईमाथी एयरपोर्टमा दुर्व्यवहार (भिडियोसहित)

Yogesh Bhattarai kantipathnews

नेपालगंज । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार भएको छ । मन्त्री भट्टराईका कारण उडान ढिला भएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाही लगायतका यात्रुहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन । 

 

'भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक छ' - मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा-एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताए । उनले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराए। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उनले बताए । उनले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न सरोकारवालालाई आग्रह गरे । यसैबीच उनले टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उद्घाटन गर्ने बताइएको छ ।

कालोपत्रे हुन सकेन पाटन विमानस्थल

म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताए । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उनले बताए । “ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो”, उनले भने ।

वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ । विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ । पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात् भइरहेकाले कालोपत्रेको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रेको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताए । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।

विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयका भवन १२ बर्षे द्वन्द्वकालमा ध्वस्त भएको थियो । साथै विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो । पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सक सो क्षेत्रको मात्र नभएर पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ ।

सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । हवाई सेवाको सहजताले पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरीगङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर