tealaya add

Hamfalta to flood the floods

काठमाडौं । कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।

विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने ।

केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् । उहाँ खोलामा पसेर सिलिण्डर तान्दातान्दै डुब्नु भएछ’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरसँग भने, ‘हामीले उहाँको खोजी जारी राखेका छौं ।

’तर, दिउँसै बगेपछि अहिलेसम्म नभेटिएकाले सकुशल भेटिने झिनो आश मात्र रहेको प्रहरी बताउँछ ।चौधरी सुरुमा आफ्नै कोठाको सिलिण्डर बगेपछि हाम फालेको हुनसक्ने आशंका गरिएको थियो ।

तर, प्रहरीले गरेको अनुसन्धान क्रममा त्यो सिलिण्डर केहीमाथि रहेको ग्यास डिपोबाट बगाएर ल्याएको खुलेको थियो

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...