tealaya add

Supreme Court of Nepa

हेटौंडा - उच्च अदालत पाटन, हेटौंडा इजलासले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षमा अदालतले १० प्रतिशत लक्ष्य हासिल गरेको छ । हेटौंडा इजलासले बुधबारसम्म दर्ता भएको र जिम्मेवारी सरेर आएको १ हजार ४ सय ५३ मुद्दा मध्ये १ हजार १ सय ५५ मुद्दा फछ्र्यौट गर्न सफल भएको अदालतका रजिष्टार विकास श्रेष्ठले जानकारी दिए ।


अदालतले मुद्दा फट्र्यौटमा ७९ दशमलव ४९ प्रतिशत सफलता हासिल गरेको छ । चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै लक्ष्य निर्धारण गरिएको मुख्य न्यायाधिश टेकराज नेपालले जानकारी दिए । विहीबार हेटौंडा इजलास कार्यालयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा वार्षिक प्रगति सार्वजनिक गरेको हो ।‘हामीले कार्ययोजना बनाएर काम गरेका छौं,’ उनले भने,‘कार्ययोजनाअनुसार काम गर्दा सफल भएको हो । चालु आर्थिक वर्षमा अझै केही कार्यदिन बाँकी छ । मुद्दा फछ्र्यौटमा ० प्रतिशत भन्दा बढी नै सफलता मिल्ने देखिन्छ ।’

मुख्य न्यायाधिश नेपालका अनुसार चालु आर्थिक वर्षमा २९ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको छ भने १८ महिना नाघेका मुद्दाहरु ५ वटा मात्रै बाँकी छ । उक्त मुद्दाहरु पनि यो महिनाको अन्त्यसम्म फैसला भइसक्ने उनले बताए । 

हेटौंडा इजलासमा अघिल्लो आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा मुद्दा दर्ताको संख्या पनि बढेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेको र दर्ता भएका मुद्दाहरु १ हजार २ सय २८ थिए भने चालु आर्थिक वर्षमा दर्ता भएको १ हजार १ सय ५९ र जिम्मेवारी सरेको २९४ गरी १ हजार ४ सय ५३ मुद्दाहरु छन् । पुनरावेदन क्षेत्रधिकार अन्तर्गत हेटौंडा इजलासमा चालु आर्थिक वर्षको मुद्दा १ हजार २ सय ८५ थान रहेका छन् । सुरु क्षेत्रधिकार अन्तर्गत ५५ थान र रिट क्षेत्रधिकार अन्तर्गत ११० थान मुद्दा चालु आर्थिक वर्षका लागि रहेका छन् ।


यसमा सरकारवादी फौजदारी मुद्दा सबै भन्दा बढी दर्ता भएका छन् । बुधबारसम्म यो प्रकृतिको मुद्दा दर्ता ६५४ र जिम्मेवारी सरेको १३६ गरी जम्मा ७९० वटा रहेकोमा भएकोमा ६५१ थान मुद्दा फछ्र्याैट भइसकेका छन् । यस्तै, दुनियावादी देवानी मुद्दा ३१६ वटामा २४२ वटा फछ्र्यौट भएका छन् ,भने दुनियावादी फौजदारी मुद्दामा १७९ वटामा १३८ वटा फछ्र्यौट भइसकेका छन् ।रिट अन्तर्गत चालु आर्थिक वर्षमा निषेधाज्ञा तर्फ ६० मध्ये ४८, परमादेश तर्फ १७ मध्ये १७, उत्प्रेषण तर्फ २८ मध्ये २३ र र बन्दी प्रत्यक्षीकरण तर्फ ५ मुद्दा मध्ये ५ वटा फछ्र्यौट भएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...