annapurna add

काठमाडौँ। संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।

Parliament Houseमंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको छ ।

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्काने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ ।

अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर