annapurna add

117231460 639151966955512 7796263325383272451 n

नेकपाको वर्तमान केन्द्रीय समितिमा बादलनिकट सदस्यहरूको संख्या झण्डै तीन दर्जनको हाराहारीमा रहेको बताइन्छ । त्यसमध्ये लेखनाथ न्यौपाने दुबैतिर मिल्न नहुने र अलग पहिचान बनाएर अघि बढ्नुपर्नेमा दृढ देखिन्छन् । सूर्य सुवेदी पथिक र उनकी श्रीमती ज्ञानु बस्नेत, महेश्वर दाहाल र कुलप्रसाद केसी सोनाम प्रधानमन्त्रीतर्फ ढल्कनुपर्ने अडानमा छन् । बस्नेत बनमन्त्री शक्ति बस्नेतकी बहिनी भएकीले सूर्य र शक्ति नातामा ज्वाईं जेठान हुन् । अरु २९ भाइ एकातिर र बादल स्वयम् भने वीचमा रहेको बताइन्छ । देव गुरुङ, पम्फा भुसाल लगायतले भने बादललाई राम्रै झपारेका थिए ।

बालुवाटारतिर लहसिएको भन्ने खुमलटारको आरोपमा गजुरेलले प्रचण्डसँग आफूहरूले सोझै भेट गर्न नपाउने र वरिष्ठ हुँदाहुँदै पनि अवसर प्राप्त हुँदा अरुलाई च्याप्ने गरेको बताएका छन् । प्युठानका मणि थापाकी श्रीमतीलाई प्रधानमन्त्रीले मासिक डेढ लाख प्राप्त हुनेगरी विपद् व्यवस्थापनसँग सम्बन्धित निकायमा व्यवस्थापन गरिदिएका छन् । घर बनाउने क्रममा थापालाई पैसाको हाहाकार र आच्छु आच्छु हुँदापनि राम्रै जोहो भएको गाइँगुइँ छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा समेत प्युठानकै हुन् ।

प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र पीताम्बर तिमिल्सिनाको सट्टा शिव कोइराला ‘ज्वाला’ लाई खेलकुद परिषद्को उपाध्यक्षमा गरेको नियुक्तिलाई नेकपाभित्र अर्थपूर्ण ढङ्गले व्याख्या गरिएको छ । स्रोतका अनुसार पहिले वाईसिएलको काठमाडौं जिल्ला अध्यक्ष रहेका ज्वालालाई टोपबहादुर रायमाझीको सिफारिशमा प्रधानमन्त्रीले नियुक्त गरेका हुन् । त्यतिखेर रायमाझी खेलकूदको संयोजक र ज्वाला उपसंयोजक थिए । उनी मागी, प्रेम र प्रगतिशील गरेर एउटै व्यक्तिसँग तीन पटक विवाह गर्ने कमरेड समेत हुन् । लीला नामक एकजना पूर्व माओवादीले सदस्य सचिवमा आवेदन गरेका थिए । तर,रायमाझीले सदस्य सचिवमा प्रधानमन्त्रीको उम्मेदवार रमेश सिलवालसँग उपाध्यक्षको आफ्ना उम्मेदवार साटेको बताइन्छ ।

टोपबहादुर रायमाझीको पछिल्लो चाहना मन्त्री पदमा अडेको उनी निकटहरूले बताएका छन् । रायमाझीलाई मन्त्री दिने हो भने स्वतः गृहमन्त्री थापालाई हटाउनुपर्ने देखिन्छ । रायमाझी यसअघि नै उपप्रधानमन्त्री बनेकाले मर्यादाक्रममा थापाभन्दा माथि राख्नुपर्ने हुन्छ । उता हरिबोल गजुरेल एकपटक मात्र त्यो पनि कृषि मन्त्री बनेको हो ।त्यस्तो अवस्थामा वरिष्ठताको हिसाबले उनलाई पनि मर्यादाक्रममा माथि नै राखेर मन्त्री दिनुपर्ने हुन्छ । प्रचण्डले गृहमन्त्रीबाट ३ महिना मै हटाउन खोजेपछि बादल चिढिएका हुन् ।

प्रकासित मिति

Loading...

 

ताजा खबर