1478958692 banner ad format

 
 

bajhang hsp

बझाङ - बझाङका सुत्केरी महिलाहरुले ११ महिनादेखी राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन वाफतको भत्ता नपाएको गुनासो गरेका छन् ।

उनीहरुले साउन महिनादेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माए वाफत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रति महिला ३८०० रुपैयाँ सुत्केरी भत्ता दिदै आइरहेको भएपनि जिल्ला अस्पताल बझाङले भने साउनदेखी सुत्केरी महिलालाई भत्ता नदिएको गुनासो छ ।

अस्पतालमा बच्चा जन्मेपछि राज्यले रकम दिन्छ भन्ने उद्धेश्यले केहि महिना अघि सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना गरे । बच्चाको जन्म भयो डिस्चार्ज भएको पनि धेरै भयो तर अस्पतालले सुत्केरी भत्ता अझै नदिएको तल्कोट गाउँपालिका वडा नम्बर ९ का सोम बहादुर थापाले गुनासो गरे । थापाकी श्रीमती रुपादेवि थापाले पाउनुपर्ने सो रकम अझै नपाएको उनले बताए ।

परिवार स्वास्थ्य महाशाखा काठमाडौंले रकम नपठाइदिदा सुत्केरीलेलाई सो भत्ता बितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

रकम उपलब्ध स्थानीय तह मार्फत हुने भएतापनि अहिले सम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यको लागि केहि रकम स्थानीयतहको खातामा आइसकेको जिल्ला स्वास्थ्य कायौलय बझाङका प्रमुख डा.ओखेडाले बताए ।

 ११ महिना यता अस्पतालमा सुत्केरी हुने महिलाको सख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।

 

प्रकासित मिति

Loading...