1478958692 banner ad format

 
 

इलाम । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ । 

Ilam dilmaya B.K Vs Sita B.K min

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले) बाट सासू दिलमाया विक र नेकपा (माओवादी केन्द्र)बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् । 

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भनिन | । 

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउछिन । 

प्रकासित मिति

Loading...

 

yummyfood