tealaya add

ilam masu pasalइलाम: इलाममा सञ्चालित मासु पसलहरु मापदण्ड विरपरत सञ्चालनमा रहेको पाइएको छ । इलाम नगरपालिकाको संयोजनमा गरिएको अनुगमनका क्रममा मापडण्ड अनुसार मासु पसल सञ्चालन नभएको पाइएको हो । इलाम नगरपालिकाकी उपमेयर सुशिला नेम्वाङको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको पशुसेवा शाखा र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधिले भदाै ३० गते अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा केही मासु पसलमा हतियारमा खिया लागेको पाइएको थियो । कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । इलाम नगरपालिका पशुसेवा शाखाका बरिष्ठ पशुविकास अधिकृत सुरेन्द्र खरेलका अनुसार जिल्लामा सञ्चालित अधिकांश मासु पसल सरकारले तोकेको मापण्ड बिपरित सञ्चालन भएको पाइएको छ ।

उनले भने ‘ नेपाल सरकारले तोके अनुसार जुन मापदण्ड हुनुपर्ने थियो, त्यो चाहिँ पाएनौ, तर पनि सकेसम्म सफा चाहिँ गरेको पाइयो ।’ पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मुल्य सुची नराखिएको, बधशालामा आवश्यक सवै सामाग्री नराखिएको उनले वताए। उनका अनुसार सरकारले तोकेको निश्चित मापदण्ड अनुसार नपाएपछि मासु पसललाई सचेत गराइएको छ । दशैँ, तिहार जस्ता ठुला चाडपर्व नजिकिँदै छन् । चाडपर्वमा वढि मासु खपत हुने गरेको छ । यसै समयमा जस्तो पायो तेस्तो मासु बेच्ने गरेको गुनाशो आउने गरेकाले चाडपर्वको मुखमा अनुगमन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्वाङले वताइन्।

उनका अनुसार अव लगातार जस्तै अनुगमन गरिने छ । खाद्यान, तरकारी, दुधदही र माछामासु सफा र स्वथ्य हुनुपर्ने भएपनि नगरका केही स्थानमा यस्तो नपाइएकाले अव सवै क्षेत्रमा पुगेर अनुगमनर निरिक्षण गरिने उपप्रमुख नेम्वाङले वताइन् । अनुगमनपछि मासु बिक्रेताहरुलाई सम्झाएको र उनीहरुलाई सचेत गराइएको छ । इलाम वजारमा चाडपर्व अगाडीको पहिलो अनुगमन मासु पसलबाट सुरु गरिएको छ । पहिलो दिन इलाम बजारका १९ वटा मासु पसलको अनुगमन तथा निरिक्षण गरिएको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर