bpnews kantipathnewsविप्लव नेकपाको नाममा नक्कलीको बिगबिगी भएपछि केही महिनायता नयाँ शैली अपनाइएको छ । ‘कर’ को नाममा माग गरिने चन्दाका चिठीमा विप्लव आफैंले गरेको हस्ताक्षर ।

यति हुँदा पनि केही दिनअघि मात्र दरबारमार्गमा सञ्चालित क्लब डेभाजुबाट नक्कली विप्लव नेकपा बनी ६ लाख रुपैयाँ लगिएको छ ।

अहिले सक्कलीहरु ती नक्कली खोज्न व्यस्त छन् । उनीहरुको प्रारम्भिक सूचनाअनुसार पूर्वमाओवादीकेन्द्र सम्बद्ध मजदुर फाँटका केही व्यक्ति यस्तो धन्दामा संलग्न छन् ।

क्लब डेभाजुलाई गएजस्तो चिठी एलओडी, त्रिसरासहित ठमेल र दरबारमार्गमा अत्यधिक व्यापार गर्ने लाउञ्जबारहरुमा पुगेको छ ।

तर, कम्प्युटर वा छपाईमा विप्लवको सही गरिएको, विप्लवबाहेक अरुले सही गरेर चन्दा मागिएका सबै चिठी नक्कली भएको सक्कलीहरुले सम्बन्धित कम्पनी वा संस्थाका व्यक्तिलाई भन्दै हिँडेका छन् । Source: Janaaastha 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...