mangalbare andolan 3भारतले नेपाली भुमी कालापानी - लिपुलेक लगायतका क्षेत्र अाफ्नाे नक्सामा राखेको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार इलामको मंगलबारेमा प्रदर्शन गरेको छ ।

mangalbare andolan 1स्थानीय विद्यालयका विद्यार्थी समेतकाे सहभागितामा मंगलबारे बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रबिन्द्र सुबेदिले नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग गरेका  थिए ।

mangalbare andolan 2कोणसभामा बोल्दै अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रवेश पराजुली र केन्द्रिय सदस्य सन्धि भक्त शंकरले नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राख्दै नेपाल आमालाई कसैले हेप्ने मिच्ने काम गरे वीर गोर्खाली सिमा सुरक्षामा तैनाथ रहेर बस्ने बताए।

अध्यक्ष पराजुलीले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु अघि सार्ने समेत जानकारी दिए । 

र्‍यालीमा सहभागीले सिमा मिच्न पाईदैन, ‘गो व्याक इन्डिया’ लगायतका नाराबाजी गरेका थिए ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...