annapurna add

gokul baskota sanchar mantriसरकारले राष्ट्रियसभाको निर्वाचन यहि  माघ ९ गते गर्ने भएको छ। सूचना तथा संचारमन्त्रीले गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिन आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

राष्ट्रियसभा अन्तर्गत   नेकपा बाट ८ जना ,  कांग्रेसबाट  ७ जना साथै  राजपाबाट २ जना र  समाजवादीका १ जना तथा  सरकारबाट मनोनित हुने  एकजना  गरी जम्मा  १९ सांसदहरुको दुईवर्षे कार्यकाल यहि  फागुन २१ गते  सकिने भएपछि सरकारले केहि समय अघि नै निर्वाचन गराउने तयारी गरेको हो  ।

थप समाचार : विद्युत प्राधिकरणको चमत्कार : वित्तीय प्रगति १०२ प्रतिशत

नेपाल विद्युत प्राधिकरणद्वारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ ।

प्राधिकरणद्वारा संचालित आयोजनाहरूले चालु आर्थिक वर्ष (आव) २०७६\७७ को पहिलो चार महीना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ती आयोजनाहरूको समग्रमा भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले ठेक्का सम्झौता भएका आयोजनाहरूलाई दिइएको अग्रिम भुक्तानी र बहुवर्षीय ठेक्का लागेका आयोजनाहरूको गत सालको बाँकी भुक्तानीले गर्दा वित्तीय प्रगति बढी भएको जानकारी दिए ।

“वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्झटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोधका बाबजुद आवको पहिलो चार महीनामा लक्ष्यभन्दा बढी वित्तीय र भौतिक प्रगति गर्न सफल भएका छौं,” उनले भने, “वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहण लगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने छ ।”

प्राधिकरणले चालु आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । सरकारको स्रोतबाट दिइने रकम कम र वैदेशिक सहायताबाट प्राप्त रकमको हिस्सा बढी हुँदा बजेट कार्यान्वयनमा जटिलता आएको घिसिङले बताए ।

विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन शुरु भएको छ । यसैगरी, रुग्ण बनेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि यही अवधिमा निर्माण सम्पन्न भई संचालनमा आएको छ । पुरा समाचार.....

प्रकासित मिति

Loading...
Loading...

 

Loading...