1478958692 banner ad format

 
 

काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा प्रभाव पार्ने गरी भारतीय दूतावासले पत्राचार गरेको भेटिएपछि अदालत ‘गम्भीर’ देखिएको हो ।

inidain letter

अदालतले चेतावनीको भाषामा ‘आइन्दा हस्तक्षेप हुने कुनै कार्य वा पत्राचार नगर्न’ सोमबारको पूर्ण फैसलामार्फत भनेको छ । अवैध तवरले विदेशी मुद्रा ओसारपसार तथा बिक्रीमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत वृन्दावन, मथुराका सञ्जय मिश्रविरुद्ध दायर अभियोगपत्रको फैसलामा अदालतले चेतावनीयुक्त ध्यानाकर्षणसहित लेखी पठाउने आदेश दिएको हो ।

०७१ साल जेठ ३ गते भक्तपुरको जगाती चोकबाट पक्राउ परेका मिश्र दूतावासको पत्रका आधारमा राजस्व अनुसन्धान विभागले धरौटीमा छाडेपछि फरार छन् । ‘भारतीय नागरिकले धरौटी रकम फिर्ता गराइदिन भारतीय दूतावासमा दिएको निवेदनसहितको कागज परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्यार्थ प्राप्त भएको भनी मिति ०७१/५/९ च.नं. ८४ को गृह मन्त्रालयको पत्र मिसिल संलग्न देखिँदा प्रतिवादी पक्राउ परी अनुसन्धानकै क्रममा रहेकै अवस्थामा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने गरी परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयको नाममा पत्राचार गरेको देखिँदा’, भक्तपुरका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार तयार गरेको पूर्ण फैसलामा लेखिएको छ, ‘आइन्दा अनुसन्धानकै क्रममा रहेको (सब जुडिस) विषयमा हस्तक्षेप हुने गरी कुनै कार्य वा पत्राचार नगर्नू, नगराउनू भनी परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयसमेतलाई जानकारीका लागि ध्यानाकर्षणसहित लेखी पठाउने ठहर्छ ।’

भक्तपुर अदालतका इजलास अधिकृत कमल महतले भारतीय दूतावासको विषयमा पनि फैसलाले बोलेको सुनाउँदै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिकाको पक्षमा नौलो रहेको बताए । ‘इतिहासमै नयाँ खालको फैसला छ यो । स्वतन्त्र न्यायपालिकामाथि जुनसुकै खालको हस्तक्षेप अस्वीकार्य रहेको सन्देश पुग्नेछ’, इजलास अधिकृत महतले अन्नपूर्णसँग भने ।

भारतीय नागरिक मि श्र पक्राउ पर्दा उनको झोलाबाट ट्राभलर्स चेक, ७१ हजार ९४० अमेरिकी डलर र चिनियाँ युआन ५० हजार बरामद भएको थियो । सुरुमा विभागको अनुसन्धानपछि उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चलाएको थियो । कसैले कानुनबमोजिम घोषणा नगरी विदेशी मुद्रा बोके अवैध हुन्छ । सरकारी इजाजत नलिई विदेशी मुद्राको कारोबार कानुनतः बन्देज छ ।

धरौटी बुझाएपछि फरार ती अभियुक्तविरुद्ध ७५ लाख ४५ हजार नौ सय ७७ रुपैयाँ ८० पैसा बिगो कायम गरी सरकारी वकिलले तीन गुणा जरिवाना र धरौटी जफतको मागसहित मुद्दा दर्ता गरेको थियो । मि श्रले प्रहरी र विभागमा साविती बयानसमेत दिएका थिए । उनले आफू धर्मगुरुका सौ तुलसीनारायण भागवत पीठ, मथुराको अध्यक्षसमेत रहेको दाबी गर्र्दै मानसरोवर तीर्थाटनका लागि नेपाल आएको बताएका थिए । बरामद ७५ लाख ४५ हजार रुपैयाँसमेत अदालतमा पेस गरिएको छ।

ठूलो गल्ती परराष्ट्रकै हो : उपाध्याय

न्यायिक कारबाहीमा भारतीय दूतावासको हस्तक्षेपकारी भूमिकाबारे अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आपत्ति जनाएका छन् । ‘जुनसुकै अनुसन्धान र कामकारबाही होस्, दूतावासले यसरी पत्र लेख्नै मिल्दैन ।

यसरी दबाब र हस्तक्षेप हुनु गम्भीर कुरा हो । हाम्रो परराष्ट्र र गृहले सुरुमै यसरी लेख्न मिल्दैन भनेर दूतावासलाई मुखभरिको जवाफ दिनुपथ्र्यो’, उपाध्यायले भने, ‘यसमा ठूलो गल्ती परराष्ट्रकै हो । गृहलाई पठाउनुको साटो दूतावासलाई नै तिमीले भनेर केही हुँदैन भन्न सक्नुपथ्र्यो । यस्तो पत्र अदालतमा पठाउनै हुन्नथ्यो । त्यो पत्रले अर्काको सार्वभौम मुलुकको स्वतन्त्र न्यायप्रणालीमाथि हस्तक्षेप गराउने बाटो खोलेको थियो । राजस्व अनुसन्धान विभागको अर्को बद्मासी देखियो ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood