annapurna add

वि.सं. २०१२, बैशाखमा गएको महाविनासकारी भूकम्पका कारण धेरै पर्वतीय संरचनाहरू चिरा परेका छन्, भास्सिएका छन्, जमिनसंग राम्ररी पकड बनाएको ढुङ्गा, माटो तथा रूखहरू निरन्तर आइरहने ठूला साना पहिरोले त्यस्ता क्षेत्रहरूमा आश्रित जीवनहरूमा जोखिम बढाएको छ । सुरक्षित बासस्थान तथा वस्ति स्थानान्तरण अहिलेको प्रमुख चुनौति र आवश्यक्ता बनेको छ ।

International Mountain Day SAIPAL

पखेरुमा जन्मे
टाकुरमा खेल्ने
म झुक्दै झुक्ने नेपालको छोरो

नेपाली परिवेश अनि जीवनशैलीमा शदियौंदेखि पहाड पर्वतको सम्मान छ, शिरमा ठड्याएको ढाका टोपी को आकार देखि हाम्रो राष्ट्र झण्डासम्म पहाडको शिर जस्तै अबिछिन्न रहेको छ ।  यस वर्षको विश्व पर्वत दिवसमा पर्वतहरुको राजधानी देश नेपालबाट विश्वलाई शुभकामना ।

आज ११ डिसेम्बर, अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै आजको दिन विश्वले पर्वत दिवस् मनाउँदै आएको छ ।

पर्वत अर्थात् अग्ला अग्ला माटो तथा चट्टानले बनेको भीमकाय भूगोल । जहाँबाट कलकल गर्दै उर्लने नदिका विभिन्न श्रोतहरूबाट नै हामी पिउन योग्य पानी प्राप्त गर्ने गर्दछौं । अमूल्य जीवनरक्षक जडिबूटी होस् या लाखौं ति सुन्दर तथा दूर्लभ प्राणीजीवन होस्; पर्वत जल, जीवन र वनस्पतिको स्वर्ग हो, ठूलो भण्डार हो । पृथ्वीको कूल भू-भागको ४% भाग पर्वतै-पर्वतयूक्त छ र यस ४% भू-भागभित्र पृथ्वीको कूल जनसंख्याको झण्डै १२% मानव जीवन बस्ने गरेका छन् । विश्वको कूल जनसंख्याको ७०% जीवनले विभिन्न तरिकाबाट यीनै पर्वतका अनेक गर्भ भएर निस्कने पिउने पानी उपभोग गर्ने गर्दछन् ।

हामी नेपाली भन्ने वित्तिकै सगरमाथाको देशको नागरीक भन्ने चिनारी छ, देशको कूल भू-भागको ४३% भू-भाग पहाडै-पहाडले भरीएका छन् जसको कूल १५% भूभाग हिमाली क्षेत्रले ओगटेको छ । यस अर्थमा हामी विश्व पर्वत दिवसको एउटा मूल केन्द्रविन्दू र हामीमाथी विश्वमा बद्लिंदो मौसमको रङ्ग, तापक्रम तथा समूल प्राणि जगतको जीवनचक्रको एउटा ठूलो जिम्मेवारी छ ।

आज पृथ्वीले बद्लिंदो वैश्विक तापक्रमको मार झेल्दैछ, विगतमा सेताम्य देखिने हिम श्रृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँहरूमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानहरूमा विभिन्न बनस्पतिहरू देखिन थालिएका छन् ।

पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारीरहेको छ । रूख काटिएका छन्, डाँडाकाँडा सम्म पारिएका छन्, विशाल ढुङ्गा फोरीएका छन्, नदीनाल गीट्टी बालूवा विहिन बन्दै गइरहेका छन् पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीव जन्तु तथा चराचरहरूको दैनिकीलार्इ नराम्ररी असर गरेको त छ नै कतिपय दूर्लभ जीवजन्तु तथा जडीबूटीहरू त लोप पनि भइसके भने धेरैको अवस्था नाजूक छ ।

वि.सं. २०७२, बैशाख १२ मा गएको महाविनासकारी भूकम्पका कारण धेरै पर्वतीय संरचनाहरू चिरा परेका छन्, भास्सिएका छन्, जमिनसंग राम्ररी पकड बनाएको ढुङ्गा, माटो तथा रूखहरू निरन्तर आइरहने ठूला साना पहिरोले त्यस्ता क्षेत्रहरूमा आश्रित जीवनहरूमा जोखिम बढाएको छ । सुरक्षित बासस्थान तथा वस्ति स्थानान्तरण अहिलेको प्रमुख चुनौति र आवश्यक्ता बनेको छ ।

वैश्विक रूपमैं पर्वतीय क्षेत्रमा अनेक कारणहरूले पर्यावणीय प्रदूषण बढ्दै गइरहेको छ साथै जल तथा भू-क्षयका खतरा निरन्तर भयावह बन्दै छ । यस्तो अवस्थामा वैज्ञानिक तथा व्यवस्थित विकास तथा वैज्ञानिक पर्यटनको व्यवस्थानबाट ठूलो मानवीय तथा प्राकृतिक दूर्घट्नाबाट बँच्न सकिन्छ । यसर्थ पर्वतीय पर्यावरणका सवालमा सबै एकजूट भएर अघि बढ्न तथा यस बारे काम गर्न जरूरी छ । विशेषतः हिमालजस्ता परिवर्तनशील पर्वत श्रृंखलाहरूमा पर्यावरण सम्बर्धन कार्यले निरन्तरता पाउनुपर्छ । हिमाल एउटा अपेक्षाकृत नयाँ स्वरूपमा कुनै पनि बखत विकास हुन सक्ने पहाड हो र यो पर्वत श्रृंखलामा भूमीगत पर्वतनका अनेक कारणहरूले विश्वको संरचनामा परिवर्तन ल्याउन सक्छ ।

विश्वभरि लगभग १ अर्ब जनसंख्या यिनै पर्वतको माटोमा खनिखोस्री गरेर हिमशयलमा बसेका छन् । यिनीहरु पर्वतहरुमा खाना, इन्धन र रोजगारकालागि भर पर्दछन्, विस्तारै यी भीमकाय पर्वतहरु जलवायू परिवर्तनको चपेटा, भूक्षय, प्राकृतीक सम्पदाको अविवेकी प्रयोग जस्ता कैयन कारणले जोखिममा छन् । आजको दिनमा विश्वका सबैजना मानवहरु आफ्नो बानीमा सुधार गर्दै पर्वत संरक्षण अनि सम्र्बधनका लागि एकहुन पर्ने देखिन्छ । सुरक्षित जीवन तथा पर्वतीय क्षेत्रको संरक्षणसहितको गृह कार्यमा सबै जुटौं, विश्व पर्वत दीवसको सबैमा शुभकामना ! हाम्रो पात्रो

 

प्रकासित मिति

Loading...