1478958692 banner ad format

 
 

काठमाडौँ । यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ ।  सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । 

News Of Nepal International Workers Day

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्तत सफलतासमेत हासिल ग¥यो । 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । 

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । 

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । 

यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को मजदुर दिवसको अवसरमा शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री दाहालले आज मजदुर दिवसको अवसरमा शुभकामना दिँदै मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा मनाइने उल्लेख गरे । 

हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने गरेको विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न पाउँदा आफूलाई खुसी लागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले १२८ औँ मई दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी तथा कामदार वर्गलाई बधाई दिए । 

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको शुभकामना सन्देशमा स्पष्ट पारे । 

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो ।” 

श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्ठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे । 

मुलुकमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढिरहेको, स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरे । 

प्रधानमन्त्रीले सन्देशमा भनेका छन् “स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रुपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि परेको म यस अवसरमा स्मरण गराउन चाहन्छु ।”

राष्ट्रपति विद्यादेवी भण्डारी विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छिन । 

प्रत्येक बर्ष मे १ का दिन मनाइने विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु भनेकी छिन् । 

लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबैको अधिकार सुनिश्चित हुने भएकाले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्य घण्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने समेत राष्ट्रपति भण्डारीले कामना गरिन । 

मई दिवसका अवसरमा उनले सम्पूर्ण नेपाली श्रमिक तथा मजदुरले आफ्नो हक–अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थकरुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना पनि व्यक्त गरेकी छिन् ।

प्रकासित मिति

Loading...

 

yummyfood