annapurna add

काठमाडौं । राजधानीबाट शुक्रवार प्रकाशित पत्र-पत्रिकाले आज विभिन्न शिर्षकमा प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

हिजोको पत्रिकामा - सत्तामोहले मधेस मुद्दा मूर्छित, अनावश्यक बहस नगर्न अमेरिकाको चेतावनी

kantipath patrapatrika ma aajaअन्नपूर्ण -  नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ।

मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ। यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन्। यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ। प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ। मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ। करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तथ्यांक अनुसार १४.८८ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड (तारसहित)को इन्टरनेट करिब शून्य दशमलव ८८ प्रतिशत र ५४.७४ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन्। डेटा प्रयोग गर्नेमा टेलिकमका इन्टरनेट प्रयोगकर्ता एक करोड एक लाख २४ हजार सात सय छन्। टेलिकमको इन्टरनेटमा तारसहितको एडीएसएल प्रयोगकर्ता १० लाख, केबल÷एफटीटीएच ५० हजार चार सय र इन्टरनेट लिजलाइनको संख्या करिब एक हजार छ।

यस्तै टेलिकमका ताररहित इन्टरनेट सेवा दिइएको वाईम्याक्स ८९ हजार दुई सय छन्। मोबाइल इन्टनरेट प्रयोगकर्तामा थ्रीजी प्रयोग गर्ने ७९ लाख ९८ हजार पाँच सय, फोरजी प्रयोगकर्ता आठ लाख ३८ हजार एक सय र ईभिडियो प्रयोगकर्ताको संख्या एक लाख ३६ हजार पाँच सय जना रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत दिइएको इन्टरनेट ३३ लाख ७९ हजार एक सय छ। यसमा हाल प्राधिकरणबाट इन्टरनेट सेवाप्रदायकको अनुमति पाएका ११५ कम्पनीसहित छन्। यी कम्पनीमा सक्रिय सेवा दिने इन्टरनेट कम्पनी भने दुई दर्जन मात्रै छन्।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दिएको सेवाबाट मोबाइल डेटा चलाउने उपभोक्ताको संख्या ६९ लाख ४६ हजार चार सय छ। यसमा एनसेलको सिमकार्ड प्रयोग गरेर इन्टरनेट सेवा लिने सेवाग्राहीमा थ्रीजीको तुलनामा फोरजीका ग्राहक धेरै रहेको उल्लेख छ। एनसेलले हाल ३४ लाख ९० हजार फोरजी प्रयोगकर्ता पुर्‍याइसकेको छ। एनसेलले फोरजी सातै प्रदेशमा दिएको र यसले टेलिकमको तुलनामा छिटो फोरजी सेवा विस्तार गरेकाले यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढेको देखिएको छ।

प्राधिकरणको तथ्यांकअनुसार गत आवमा टेलिकमले डेटा सेवाबाट नौ अर्ब २९ करोड, एनसेलले १५ अर्ब ७९ करोड र स्मार्ट टेलिकमले ११ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य इन्टरनेट सेवाप्रदायकको पाँच अर्ब ९७ करोडसमेत गरेर वार्षिक ३१ अर्ब १७ करोड रुपैयाँ डाटामार्फत आम्दानी भएको छ। यस्तो आम्दानी अहिले उल्लेख्य रूपमा बढेको भए पनि सेवाप्रदायक कम्पनीले प्राधिकरणलाई यही पुस मसान्तभित्र उक्त तथ्यांक पेस गर्ने समय बाँकी नै छ।

पत्रिकामा अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ।

दाहालमाथि पूर्वमाओवादीबाट सभामुख लिन दबाब परे पनि प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू भने पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। संसदीय प्रक्रिया जानेको, सरकारसँग समन्वय गर्न सक्ने र कानुन तथा संविधानमा जानकार भएकाले नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान ओलीको छ।

चितवन पुगेका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम थियो। दाहाल फर्केलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गरेर नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने नेताहरूले बताएका थिए। तर बिहीबार दिउँसो साढे तीन बजे काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम दाहालले एकाएक रद्द गरे। दाहाल शुक्रबार फर्केपछि सभामुखबारे निर्णायक छलफल हुने र सचिवालय बैठकबाट अनुमोदन गरिने नेताहरू बताउँछन्।

पूर्वमाओवादीबाट सभामुख बनेका कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप खेपेपछि राजीनामा दिएका थिए। राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पूर्वएमालेले लिएका कारण सभामुख पूर्वमाओवादीले लिनुपर्ने दाहाल निकट एक नेताले बताए।

‘पार्टी एकताको काम संक्रमणकालीन अवस्थामा रहेको र एकतामा पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डा गर्ने गरिएका कारण हामीले नै सभामुख पद पाउनुपर्छ,’ दाहाल निकट एक स्थायी समिति सदस्यले भने।

प्रधानमन्त्री ओली भने पार्टी एकताको काम अन्तिम चरणमा रहेकाले भागबण्डा गर्न नहुने पक्षमा छन्।

सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले दाबी गरिरहेका छन्। पूर्वमाओवादीकै कोटाबाट सभामुख बनाउन बल पुगोस् भनेर दाहालले पूर्वएमालेभित्रबाट वरिष्ठ नेता माधव नेपाल पक्षको सहयोग मागेको स्रोतले बतायो।

संसद् सचिवालयले बिहीबार बस्ने बैठकबाट सभामुख निर्वाचनको मिति निर्धारण गर्ने सम्भावित कार्यसूची बनाएको छ। तर सत्तासीन नेकपाले सभामुखबारे निर्णय नगर्दा सचिवालय अलमलमा छ। सभामुखबारे नेकपाले निर्णय गरेलगत्तै बिहीबार नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर शुक्रबार प्रक्रिया अघि बढाउने तयारी थियो। तर पार्टीले निर्णय नगरेकाले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिएको उनको सचिवालयले जनाएको छ।

कान्तिपुर। गत ४ गते बसेको प्रतिनिधिसभा बैठकले सभामुख चयनको कार्यतालिका शुक्रबार तय गरेको थियो । नेकपाका अध्यक्षद्वयको छलफल निष्कर्षमा पुग्न नसकेपछि संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी संसद् सचिवालयले गरेको छ । पूर्व एमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेपछि टुङ्गो गर्न दुई अध्यक्षलाई सकस परेको हो । यो विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच संवाद भएन । बुधबारै गृहजिल्ला चितवन गएका दाहाल बिहीबार पनि उतै बसे । नेकपाको सचिवालयले सभामुखको टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो ।

कान्तिपुर। सरकारले ठेक्का लिएर लामो समय काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरुकै स्वार्थमा सार्वजनिक खरिद नियमावलीमा नवौँ संशोधन गरेको छ । मन्त्रिपरिषद्ले सोमबार निर्माण व्यवसायी महासंघको माग बमोजिम नियमावली संशोधन गरेको हो । यसअघि सरकारले वैशाख ३०, जेठ २३, साउन १६ मा ठेकेदारको मागबमोजिम नियमावली संशोधन गरेको थियो । त्यसले पनि ठेकेदारको स्वर्थपूर्ति नभएपछि पुनः नियमावली संशोधन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीले बताए । नियमावलीमा तोकिएको अविधिभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले हर्जाना (क्षतिपूर्ती) नतिरी म्याद एक वर्ष थप गर्न पाउने व्यवस्था गरिएको छ । नियमावलीमा उल्टै ठेकेदारको माग बमोजिम ठेक्काको म्याद थप नगर्ने कार्यालय–आयोजना प्रमुख र कर्मचारीलाई निजामती सेवा ऐनबमोजिम कारवाही गर्ने प्रावधान राखिएको छ ।

पत्रिकामा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आफै कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री हटाउन सक्रिय भएको समाचार पनि छ । बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री थापासहित काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रहरी प्रमुख सर्वेन्द्र खनाललयायत सरोकारवाला पक्षको बैठक नै बसेर शुक्रबारबाट सहरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाउने निर्णय गरेको छ । बैठकले शुक्रबारबाट नै काठमाडौँ महानगरपालिकाभित्र ४ समुह नै बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ ।

नयाँ पत्रिका - युवतीलाई बलि दिन भारत लैजान लागेको आशंकामा पक्राउ परेको गिरोहले यसअघि अर्की एक युवतीलाई पनि बेपत्ता पारेको छ । ती युवतीलाई पनि भारत लगिएको हुन सक्ने प्रहरीको आशंका छ । भारत लैजानुअघि चौधरी थरकी ती युवतीको उचाइ र शरीरको बनावट नापिरहेको भिडियो प्रहरीको फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोही भिडियो देखाएर काठमाडौंकी २२ वर्षीया मोडललाई पनि उक्त गिरोहले मोडलिङ गर्न सहमत गराएर विराटनगर हुँदै जोगबनी नाका पुर्‍याएको थियो । नयाँ पत्रिकालाई प्राप्त भिडियोमा एक अपरिचित महिलाले युवतीको उचाइ इन्ची टेपले नापिरहेको देखिन्छ । युवतीको दुवै हातको पन्जा पनि नापिएको देखिन्छ । छिर्केमिर्के कुर्ता, पहेँलो सुरुवाल र रातो स्विटरमा रहेकी युवतीको नाप लिइसकिएपछि सेतो प्लेटमा युवतीको सम्पूर्ण विवरण लेखी कसैलाई देखाइएको छ । प्रहरीका अनुसार भिडियोमा देखिएकी युवतीको खोजी भइरहेको छ ।

गिरोहले युवती खोज्ने दलाललाई पाँच लाख रुपैयाँ पारिश्रमिक दिने प्रलोभन दिएको खुलेको छ । प्रहरीका अनुसार युवती खोज्ने जिम्मा धादिङ खनियावास–२ की २३ वर्षीया प्रेमा तामाङ र नवलपरासी कावासोती हुप्सेकोट–१ का २६ वर्षीय कृष्ण तामाङले पाएका थिए । कृष्ण र प्रेमा श्रीमान्–श्रीमती हुन् । सोही क्रममा प्रेमाले काठमाडौंमा मोडलिङ गरिरहेकी झापाकी २२ वर्षीया युवती फेला पारेकी थिइन् । युवतीको विवरण भने उनले श्रीमान्मार्फत गिरोहका सदस्यलाई जानकारी गराइन् । उनकै योजनामा युवतीलाई गिरोहका सदस्यले भेटेको र ५० हजार रुपैयाँ पारिश्रमिक दिने भनेका थिए ।

पुरा पढ्नुहाेस् - https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर