annapurna add

bepattaवेपत्ता तथा छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले भैरवनाथ गणको पनि छानविन गर्ने बताएका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुवेदीले भने, ‘उजुरीका आधारमा भैरवनाथ गण,चिसापानी ब्यारेक र खारा घटनाको पनि अनुसन्धान गर्नेछौं ।’ उक्त स्थानहरुमा उत्खनन गरेर देखाउन पनि आयोग तयार रहेको उनले बताए ।

आयोगले द्वन्द्वकालीन घटनाका उजुरीहरुको प्रारम्भिक अनुसन्धान तत्का शुरु हुने सुवेदीले बताए । आयोगमा २५ सय ६ उजुरी छन्, जसमध्ये ६५ जिल्लाका उजुरीहरुको प्रारम्भिक अनुसन्धान भइसकेको छ । अहिले आयोगमा नयाँ पदाधिकारी आएसँगै अनुसन्धान अधिकृत तोकेर बाँकी ११ जिल्लाका उजुरीहरुको अनुसन्धान थाल्न लागिएको हो । आयोगका अनुसार सुरुमा ३१ सय उजुरी परेका थिए । प्रारम्भिक अनुसन्धानपछि आयोगमा परेका उजुरीहरु कति द्वन्द्वकालका हुन् कति होइनन् भन्ने खुलाईने छ ।

तर, प्रारम्भिक अनुसन्धानका क्रममा कतिपय सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता भएको नभई भारततिर गएको पाइएको छ भने कतिपय जीवित भेटिएका छन्, जसको सूची सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर