tealaya add

parsa shah kantipathnews

पूर्वयुवराज पारस शाहले प्रहरीलाई दुव्र्यवहार गरेको सम्बन्धमा छानबिन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी सुरक्षामा खटिएका प्रहरीलाई पारसले केही दिनअघि दुव्र्यवहार गरेका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना सम्बन्धमा अन्तरिक छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेको छ । कार्यालय प्रमुख डिआइजी शैलेश थापाले घटना सम्बन्धमा आन्तरिक छानबिन गर्न निर्देशन दिएको बताए ।

उनले भने, ‘घटना भएको सूचना आयो । के भएको रहेछ भनी आन्तरिक अध्ययन गर्न निर्देशन दिएका छौँ । प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय हुनेछ ।’ आमा कोमललाई बैंककका लागि बिदाइ गर्न विमानस्थल जाने क्रममा पारसले प्रहरीमाथि दुव्र्यवहार गरेका थिए । 

थप समाचार 

पूर्वराजकुमार पारस साहले विमानस्थलमा प्रहरी माथि नै हात हालेपछि… भिडियो हेर्नुहाेस्

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...