annapurna add

iran peace keeping realइरानका जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि खाडी क्षेत्रमा देखिएको परिस्थितिलाई नियाल्दै नेपाली सेनाले आफ्ना शान्ति मिसनलाई सतर्क रहन निर्देशन दिएको छ।

इराकमा रहेका गार्ड युनिट, लेवनन र सिरियामा रहेका शान्ति सेना सकुशल रहेको र उनीहरूलाई थप सतर्क रहन सेनाले बुधबार सर्कुलर गरेको छ। अमेरिकाको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्‍न वेशमा मिसाइल आक्रमणपछि नेपाली सेना पनि झस्केको हो।

आफ्ना जवान तथा अधिकृत त्यहाँ रहेको भन्दै उनीहरू अहिले सकुसर रहेको र त्यहाँको परिस्थितिलाई नियाली रहेको समेत जानकारी दिइएको छ। शान्तिका लागि इराकमा रहेका नेपाली सेनाका किर्कुक र अर्विलस्थित राष्ट्रसंघीय बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन जंगी अड्डाले निर्देशन दिएको हो।

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी अलर्ट अवस्थामा रहेको बताइन् । ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले यो भन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौँ,’ बुधबार उनले भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौँ ।’ हाल युएई–काठमाडौँ सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ ।

इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मङ्गलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बङ्करमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बङ्करमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो । बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ बजेर ४५ मिनेटमा सही निस्कियो ।

इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो । ‘मिसइालको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले कान्तिपुरसँग फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरु भने निकै डराए ।’ क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए ।

‘त्यतिखेल दैनिक १० वटा मोटर क्याम्पमा झथ्र्यो । बस आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झ¥यो याद गर्न सकिनँ ।’ इराकी सेनाका अनुसार इरानले प्रहार गरेको २२ मध्ये १७ वटा मिसाइल अल असाद एयरबेसमा झरे । दुईवटा विस्फोट भएन । पाँचवटा मिसाइल अर्विल एयरबेसमा खसे । अल साद क्याम्प बग्दादबाट झण्डै एक सय ६० किलोमिटर टाढा पर्छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर