annapurna add

काठमाडौं - १९ (कोरोना भाइरस) को संक्रमण बढ्ने खतराले घरमै बस्न जारी भएको लकडाउनको निर्णय उल्लंघन गरेर साइकल चलाउने एक यात्रुलाई प्रहरीले लाठीले कुटेको छ। काकालाई भेटेर पैसा लिन हिँडेको युवालाई ड्युटीमा बसेका प्रहरीले लाठीले कुटेर फिर्ता पठाएको छ।

Itahari lockdownसामाजिक सञ्जालमा भिडियो भाइरल भएकाे छ !!

-यहाँ आइज
चालक साइकल लिएर नजिकै आउँछन्।
-तेरो घर कहाँ हो ?
चालक मुन्टो पछाडि फर्काउँदै ऊ आफू आएको ठाउँतिरै देखाउँछन्।
-अंकललाई के काम छ ?
-सँगै काम गर्थें त्यही भएर
प्रहरी ‘ए हो, विशेष काम केही छैन तेरो‚’ भन्दै मुढाबाट उठ्छन् र साइकल चालकनजिकै जान्छन्। मुढासँगै बसेका अर्को प्रहरी उठेर साइकलमा लाठीले हान्छन्।
चालक डराएर साइकल डोहोर्‍याउँदै पछाडि हट्छन्।

प्रहरी झन् नजिक नजिक जान्छ। ‘लकडाउन भनेको थाहा छैन‚’ भन्दै प्रहरीले लाठी हान्न थाल्छ। युवकले ‘पैसा लिन हिँडेको‚’ भन्छन्। प्रहरीले ‘अहिले पैसा नहुँदा बाँच्दैनस्‚’ भन्दै लाठी हानिरहन्छन्। साइकल चालक साइकल लिएर फर्कन्छन्।

सामाजिक सञ्जालमा सो भिडियो भाइरस भएपछि प्रहरीले सोधपुछ गरेको थियो। सोधपुछमा सो भिडियो इटहरी खनारको रहेको खुलेपछि प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई ड्युटीमा खटिएका प्रहरीलाई अनुशासनात्मक कारबाही गर्न निर्देशन दिएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...