1478958692 banner ad format

 
 

काठमाडौँ - गृह मन्त्रालयले महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको प्रमुखमा पदस्थापन गरेका प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्दले आजबाट आयुक्त कार्यालयको कमाण्ड सम्हालेका छन्।

Jai Bahadur Chand min

चन्दलाई महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए।सरकारले आइजीपी नियुक्त गरे पनि सर्वोच्च अदालतले हस्तक्षेप गरी रोकेका चन्द प्रहरी भित्र खरो र एक्सनमा उत्रने अधिकारीका रुपमा चिनिन्छन।

एसएसपी छंदा काठमाडौं प्रहरी परिसरको प्रमुख भैसकेका चन्दले अपराध अनुसन्धान र गुण्डागर्दी नियन्त्रणमामा राम्रो काम गरेर चर्चा कमाएका थिए।

सधै केही न केही नयाँ कार्यक्रम लागु गर्ने र प्रहरीको मनोबल उच्च राख्दै जनता माझ प्रहरीको छवी राम्रो राख्ने चन्दको खुबि रहेको छ।अपराध अनुसन्धान एवं नियन्त्रणमा कहलिएका चन्द प्रहरी कारवाहीमा कुशल, जनसम्पर्क एवं अन्य निकायहरु संग समन्वय गर्नमा पोख्त र प्रहरी संगठन भित्रकै निकै साहसी प्रहरी अधिकृत मानिन्छन्।

प्रकासित मिति

Loading...

 

yummyfood