1478958692 banner ad format

 
 
काठमाण्डौ- बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा ७६ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । आयोगले यो परिणाम बराबरको रकम भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर समेत गरेको छ ।
 
परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, नासु उषा मिश्र, लेखापाल उत्तमराज शर्मा, सव-इन्जिनियर परशुराम शाह, तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झाविरुद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै, दुई ठेकदार कम्पनीका प्रतिनिधिलाई पनि प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।
 
चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनका प्रतिनिधि वसन्तकुमार राउत र डाँफे सगरमाथा जेभीका प्रदीपनारायण शाहविरुद्ध मुद्दा दायर गरिएको हो ।भारतीय दूतावासको सहयोगमा परिषद्ले गरेका विकास निर्माणका काममा अनियमितता भएको हो । बोलपत्र छनोटको क्रममा पनि कम दररेटको प्रस्ताव गर्नेलाई समावेश नै नगरी अनियमितता भएको आयोगको छानबिनको निष्कर्ष छ ।

प्रकासित मिति

Loading...

 

yummyfood