1478958692 banner ad format

 
 

jail kantipath

आफ्नो तान्त्रिक शक्ति बढ्ने भन्दै २ वर्षीय बच्चालाई बली दिने झाँक्री जेल चलान भएका छन् । धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरका २ वर्षीय आर्यन शाहको बली दिने ५५ वर्षका शत्रु धन महतो जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।

गत वैशाख २३ खेलिरहेका आर्यनलाई महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बली चढाएका थिए । आर्यनको शव २४ गते बिहान घर नजिकैको बाँसकारीमा फेला परेको थियो ।

 

प्रकासित मिति

Loading...

 

ताजा खबर