1478958692 banner ad format

 
 

काठमाडौं– झापाको अर्जुनधाराका बालक हत्यापछि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार थप एक जनाको मृत्यु भएपछि सरकारले चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । 

गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चिरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हरिहर पौडेल सदस्य छन् । 

असोज १४ गते हराएका अर्जुनधारा ११ का बालक ११ वर्षीय लक्ष्मण शिवाकोटी मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शुक्रबार वर्तामोडामा प्रदर्शन भएको थियो । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ५ का वर्ष ३० का नरेश थापाको मृत्यु भएको थियो ।

थापाको मृत्युपछि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । घटनापछि शुक्रबार दिउँसो १ः ३० बजेबाट लगाइएको कफ्र्यू अनिश्चित समयका लागि लगाइएको छ । 

गृहमन्त्रालयकाअनुसार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ सर्वसाधारणसहित नेपाल प्रहरीतर्फ २७ जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको बीएनसी र मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गृहले शुक्रबार भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । 

गृह मन्त्रालयकाे  विज्ञप्ति

 jhap home ministry

प्रकासित मिति

Loading...

 

yummyfood