tealaya add

salikram pudasaini kantipath

नेपाली पत्रकारिताको इतिहासमा खरो र अनुसन्धानात्मक अनि जनपक्षिय पत्रकारको पहिचान बनाएका माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।

उनी गएराती चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका हुन्।  उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताइए पनि प्रहरी घटनास्थलमा पुग्दा कोठाको ढोका खुल्ला अवस्थामा भेटिएको बताइएको छ। सो ढोका होटल मालिक आफैले धकेलेर फुटाई खोलेको होटल मालिकले दाबी गरेका छन्।

उनी भरतपुर कहिले आए र किन आए भन्ने बारेमा स्पष्ट खुल्न बाँकी छ।  प्रहरीले उनको हत्या भएको हो कि आत्महत्या भएको हो भन्ने बारेमा छानबिन भैरहेको जानकारी दिएको छ।

पुडासैनी लामो समय न्युज २४ मा रबि लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्।  हालैमात्र उनी सो टेलिभिजन छाडेर माउन्टेन टेलिभिजनमा त्यस्तै प्रकृतिको कार्यक्रम चलाउन गएका थिए।

उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।  हेर्नुस समाचार( janasanchar)

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...