annapurna add

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकूद विकासको क्षेत्रमा पुर्‍याएकोमा युवा पत्रकार शेष्मा बरालीसहित १० जनालाई सम्मान गरेको छ ।

susmal journalistमन्त्रालयले सोेमबार राष्ट्रिय दलित पत्रकार संघका कोषाध्यक्ष बरालीसहित ६ जनालाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

त्यसैगरी ४ जना खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सबै पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।

खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरुमा ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की छन् भने युवा पत्रकारिता पुरस्कारबाट खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का सम्मानित भएका छन् ।

खेल क्षेत्रको विकास, विस्तारमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएबापत मन्त्री जगत विश्वकर्माले सम्मान गरे ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...