1478958692 banner ad format

 
 

कालीकोट । सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

kalikot landslide

मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन् । उनीहरु ढुङ्गाले च्यापिएका छन् । 

स्थानीयवासीका अनुसार बुदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएकामा जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । सान्नित्रिवेणीका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार सिंगो दलित बस्ती उच्च जोखिममा रहेको बताइएको छ । अध्यक्ष शाहीले बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कालीकोटमा पहल गरिएको जानकारी दिए । 

अहिलेसम्म पुरिएका बालिबालिकालाई निकाल्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त स्थानलाई जोखिम क्षेत्र घोषणा गरिएको तर सो ठूलो ढुंगालाई फोरेर बालबालिका निकाल्न सम्भव नभएका कारण समस्या आएको बताइएको छ । चार वर्ष पहिले सान्निगाढमा आएको पहिराले सात जनाको ज्यान गएको सो क्षेत्रमा पुनः समस्या दोहोरिएको बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood