annapurna add

budacandaसोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो ।

अवैध सम्बन्ध र लेनदेनले निम्त्याएको फिल्मी शैलीको हत्या

फेसबुकको नक्कली आइडीबाट दुःख दिन थालेपछि हत्या गरे

यी हुन् बोहराका हत्यारा, प्रहरीले गर्यो सार्वजनिक

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् । कृष्णबहादुरले होस गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् ।

५० लाख रकम पटक–पटक ताकेता गर्दा पनि कल्पनाले फिर्ता गरिनन् । अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवाहेत्तर सम्बन्ध

मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे । आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पु-याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् ।

प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ ।

पैसा र छोरी

पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्नेखालको थियो । किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ । यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे । छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।

यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् ।

प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।

संलग्न अरू नै

कृष्णबहादुर हत्या अभियोगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्राउ परेका छन् । तर, यसमा संलग्न अरू व्यक्ति पनि हुनुपर्ने प्रहरीको अनुमान छ । आमा–छोरीमात्रै भएर मान्छे मार्ने, झोलामा प्याक गर्ने र खुला ठाउँमा लगेर फ्याँक्नेजस्ता काम सम्पन्न भएकोमा प्रहरीको शंका छ । पक्राउ परेका एम्बुलेन्स ड्राइभरले कल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घटनामा संलग्नताबारे स्विकारेका छैनन् ।

शनिबार राति कृष्णबहादुरलाई काटकुट गरी आइतबार बिहानै झोलामा हालेर फ्याँकेपछि एम्बुलेन्स लिएर चालक उनीहरू बस्ने टोलमै पुगेका थिए । जन आस्थाबाट !

काठमाडौँ गोंगबु घटना : ‘हत्यामा संलग्‍न’ साली लिन चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

गोंगबुमा विभत्स हत्या काण्ड : वियर खुवाएपछि दहीमा विष घोलेर खुवाइयो, त्यसपछि दुई वटा खुकुरीले

यौन र पैसामा कुरा नमिल्दा टाउको काटेर झोलामा, शरीर सुटकेशमा !

फेसबुकमा चिनजान : स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस : दाउले काटेर सुटकेसमा शव

पक्राउ परेकी महिलाले भनिन 'अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी हुँ' !

गोंगबु सुटकेश शव प्रकरण : चितवनबाट एक महिला पक्राउ

गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव पहिचान नभएपछि प्रहरीद्वारा तस्विर सार्वजनिक

काठमाडाैं गोंगबुमा विभत्स हत्या अपडेट : शव पोस्टमार्टमका लागि टिचिङ लगियो

काठमाडौं गोंगबुमा सुटकेशमा टुक्रा–टुक्रा पारेर बाकसमा राखेरकाे शव अपडेट : टाउको भेटियो

काठमाडौं टुक्रा–टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला

“ बिभत्स हत्या गरी सुटकेशमा शरीरको भाग र झोलामा टाउको राखी फरार अभियुक्त पक्राउ”

घटना बिबरण :-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको ।

पक्राउ ब्यक्तिको बिबरणः-
(१)नामथर :- कल्पना मुडभरी (पौडेल)
वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर :- ३७ बर्ष
पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईती ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-
मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।
 तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।
मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।
मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।
मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।
निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।
मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।
मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।
मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
 मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।
अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।
निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु
 घटनामा प्रयोग भएको धारिलो हतियार
हिर्काउन प्रयोग भएको ह्याम्मर
रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु
स्लिपीङ ट्यावलेटको खोल
मोबाईल सेटहरु
साथै कर्तब्य गरी बिभत्स हत्या गरेको गहन प्रकृतिको अपराधमा शव पहिचानका लागि मिती २०७७/४/२६ गते यस कार्यालयबाट गरिएको अनुरोधमा शव पहिचान तथा अनुसन्धानमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण संचारकर्मी तथा आम सर्वसाधारणहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौ ।
मिति २०७७/०४/२७ गते ।

प्रकासित मिति

Loading...

 

ताजा खबर