1478958692 banner ad format

 
 

काठमाडौँ - प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । 

Shot polish

गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो । 

परिसरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जानकारी दिए। “घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ”–प्रमुख धानुकले भने । 

उनले कल्याण र सविना एउटै डिस्कोमा गएको र सविनालाई कल्याणले पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। असुन मनाङ निवासी हुन् । 

घाइते कल्याणको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood