1478958692 banner ad format

 
 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । 

Kamal thapa Sher bahadur deuba

पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए । व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गरेको छ । 

यस्तै व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ ।  राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood