annapurna add

इराकमा अमेरिकालाई यसरी पछार्दैछ इरान !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा उनको देश संलग्न लामो युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर ट्रम्प सत्तामा आएको तीन वर्षपछि पनि अमेरिकी फौज इरानबाट बाहिरिएका छैनन् ।

iran usa KANTIPATHNEWS NEPAL OF 2020

अमेरिकाले इराकबाट बहिर्गमनको सम्भावनाको सामना गरेको छ । तर अमेरिकी विज्ञले अमेरिकाले इराक छाड्दा विजेता इरान हुने बताएका छन् ।

इराकको संसदले देशमा रहेका विदेशी फौजलाई बाहिरिन भने छ, जुन अमेरिकाका लागि ठूलो धक्काका रूपमा आएको छ । संसदको ठूलो हिस्साको तेहरानसँग बलियो सम्बन्ध छ ।

दुई साताअघि इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा मृत्युपछि आईएसविरुद्ध अमेरिका–इराकी अपरेसन रोकिएको छ ।

इराकका कार्यमुकायम प्रधानमन्त्री स्वयमले ‘इराकभित्र रहेका सबैको बचाउका लागि’ अमेरिकी फौज फिर्ता हुनुपर्ने बताइसकेका छन् । तथापि यो हप्ता उनले यो निर्णय आगामी सरकारले तय गर्ने बताए ।

तर केही विज्ञको विचार अमेरिकी बहिर्गमनले थप समस्या निम्त्याउन सक्नेछ । आईएस अझै निमिट्यान्न नभइसकेको अवस्थामा अमेरिका लगायत अन्य विदेशी फौजको अनुपस्थितिमा उसले शक्ति हासिल गर्ने अवसर पाउँनेछ ।

आईएससँगै इरानले पनि प्रभावलाई थप विस्तार गर्न सक्छ । सन् २००३ को अमेरिकी अतिक्रमणदेखि तेहरान र वासिन्टन इराकमा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त सङ्घर्षमा इरानले लगभग अमेरिकालाई पछारिसकेको छ । इराकलाई लिएर इरानको दिगो र समन्वयत्मक रणनीति देखिन्छ । अमेरिकासँग त्यस्तो अवस्था देखिँदैन । त्यसमार्फत तेहरानले इराकको दैनिक जीवनसम्म आफूलाई जोड्न सकेको छ ।

इराक युद्ध सुरु भएको वर्ष र पछिको अमेरिकी अतिक्रमण अवधिमा इरानले जुन मिलिसिया समूहहरु निर्माण गरेको थियो ती अहिले इराकको आधिकारिक सैन्यको अंश बनेको छ ।

एकातर्फ इराक इरानको सबैभन्दा ठूलो निर्यातकमध्ये एक हो भने अर्कोतर्फ राजनीतिक दलभित्र पनि उसको राम्रो प्रभाव जमाइसकेको छ ।

यी सम्बन्धको कारण इराकी संसदले सुलेमानीमाथि आक्रमण भएपछि इरानको पक्ष लिने निर्णय गर्यो । सुलेमानीमाथिको आक्रमणपछि उल्टो अन्तत अमेरिकालाई इराकबाट निकाल्ने इरानको लक्ष सफल हुने अवस्थामा पुगेको छ ।

‘अहिले इराकभित्र सबैभन्दा प्रभावशाली देश इरान हो,’ लन्डन स्कुल अफ इकोनोमिक्सका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गर्जले भने, ‘अमेरिका बाहिरिएपछि उक्त प्रभाव थप बढ्नेछ ।’

गर्जको विचारमा अहिले इराकले भोगिरहेको सबैभन्दा ठूलो चुनौती आईएस होइन बरु एक असफल देश हुनबाट बच्नु हो ।

‘इराकका लागि सबैभन्दा ठूलो चुनौती एक राष्ट्रका रूपमा अघि बढ्नु हो । त्यसका लागि देशमा व्याप्त भ्रष्टाचार, सम्प्रदायमा आधारित सरकारविरुद्ध लड्नुपर्छ भने सेनाको व्यावासायीकरणलाई अगाडि बढाउनु पर्छ,’ गर्जले भने ।

तर अमेरिकी बहिर्गमनले यी उद्देश्यमा सघाउ नपुग्ने उनको विचार छ । यदि अमेरिका इराकबाट बाहिरिन बाध्य भयो भने त्यो अमेरिकाको इराकमा जारी लामो सैन्य मिसनको लाजमर्दो अन्त्य हुनेछ ।

यस मिसनमा अमेरिकी करदाताको खर्बभन्दा बढी पैसा खर्च भइसकेको छ भने लाखौँ इराकी नागरिक तथा हजारौँ विदेशी सेनाको ज्यान गइसकेको छ ।

अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले अमेरिकाले इराक नछाड्ने बताए पनि सेना कटौतीको सम्भावनातर्फ सङ्केत गरे ।

गर्जका अनुसार सेना कटौती गर्ने निर्णय अमेरिकाको नाक जोगाउने विकल्प हो ।

इरानले इराकमाथि कसरी यत्रो प्रभाव बनायो ?
इराकमाथि इरानको अधिकांश शक्ति त्यहाँका सैन्य समूहबाट आउँछ । तिनको जरो खोज्न सन् १९८० को दशकको इराक–इरान युद्धमा ख्याल गर्नुपर्छ ।

इरानले इराकमा लडाकु पाउन त्यति गाह्रो थिएन । सिया बहुल राष्ट्र इराकमा दुई दशकसम्म सुन्नी तानाशाह सद्दाम हुसेनले शासन गरेका थिए । त्यस क्रममा सियाविरुद्ध दमनपूर्ण अवस्था थियो ।

आफूलाई सिया मुसलमानको केन्द्र मान्ने इरानले इराकसँग युद्ध सुरु भएपछि इराकका सिया युद्धबन्दी र सिया शरणार्थीलाई सेनामा रूपान्तरण गरेर इराकी सरकारविरुद्ध प्रयोग ग¥यो ।

तीमध्ये केही हाल अल–बाडर सङ्गठन भनिने सङ्गठनको हिस्सा छन् । यसले सैन्य समूह र अमेरिका विरोधी राजनीतिक दलको काम गरिरहेको छ ।

‘सद्दामको शासन ढलेपछि पहिलेदेखि विद्यमान अर्ध–सैन्य समूह खुला रूपमा सक्रिय हुन थाले र फलस्वरूप तिनको सङ्गठन र प्रभाव दुवै विस्तार भयो,’ लन्डनस्थित रोयल युनाइटेड सर्बिस इन्स्टिच्युटका जमिन युद्ध विशेषज्ञ जयक वाट्लिङले भने ।

आईएसविरुद्धको सङ्घर्ष पनि इरानलाई मिलिसिया समूह विस्तार गर्ने अवसर बन्यो । यही सङ्घर्षको दौरान सिया मिलिसियाको गठबन्धन पपुलर मोबिलाइजेसन युनिट्स (पीएमयू) गठन भएको हो जुन अहिले इराकमा निक्कै शक्तिशाली छ । उक्त फौजलाई इराकी सेनाकै हिस्सा मानिने भनेर अहिले कानुनले मान्यता दिएको छ ।

वाल्टिङका अनुसार तेहरान समर्थित पीएमयूमा १,१३,००० सेना छन् जसलाई राज्यले तलब दिन्छ । तीमध्ये झण्डै ६० हजार युद्धमा खटाउन सकिने लडाकु हुन् भने ३६ हजार इरानबाट प्रत्यक्ष निर्देशित मानिन्छन् ।
सन् २०१८ को इराकी निर्वाचनमा पीएमयूको राजनीतिक इकाई फताहले दोस्रो ठूलो सिट सङ्ख्या जित्न सफल भयो । फताहामार्फत इरानले इराकको सरकार र संसदसम्मै पहुँच पाएको छ ।

आर्थिक रूपमा इरानले इराकलाई ऊर्जा मामिलामा आफूमाथि निर्भर हुने अवस्था सिर्जना गरेको छ । उसले अमेरिकी प्रतिबन्धका ‘लुपहोल’को प्रयोग गरेर इराकलाई इन्धन बेचिरहेको छ ।
चीनपछि इरानको सबैभन्दा धेरै सामान निर्यात गर्ने देश इराक हो । तेहरान सीमापारिको महत्त्वपूर्ण इराकी बजार सुरक्षित गर्न चाहन्छ ।

इराकमा बसेको ६ हजार हाराहारीको अमेरिकी सेना आईएसविरुद्धको लडाइँमा लड्न भनेर पुनः ल्याइएको थियो । तर बाल्टिङका अनुसार अमेरिकाले अहिले इराकमा आईएसभन्दा इरानतर्फ ध्यान दिन केन्द्रित गर्न थालेको जस्तो देखिन्छ ।

‘यदि अमेरिकाको उद्देश्य बलियो र स्थिर इराक हो भने तिनले इरानसँग सहकार्य नगरी सुख छैन । तर इरानी सरकारलाई तह लगाउने कुरामा केन्द्रित हुँदा इराकी राज्यलाई सघाउने चाहना छायाँमा परेको छ । यसमा उक्त क्षेत्रमा अमेरिकी नीतिमा विवाद देखिन्छ,’ उनले भनिन् ।

अमेरिकी सरकार इराकमा सत्ता परिवर्तनको लक्षमा सफल रह्यो । उसले इराक युद्धको केही समयभित्रै सद्दामलाई पक््रयो र मृत्युदण्ड दियो । सन् २०११ मा अमेरिकी फौजले इराक छाड्दा त्यहाँको सरकार अस्थिर अवस्थामा थियो ।

पछि आईएसको आतङ्क बढेपछि अहिलेको सेना ल्याइएको हो ।

तर इरानले इराकको सरकार सत्तामा पहुँच बढाएको भए पनि इराकी जनतामाझ भने इरानप्रति उही स्तरको प्रभाव देखिँदैन । देशमा बढ्दो आर्थिक अवस्थाबाट आजित भएर सरकारको विरोधमा उर्लिएका जनताको सडकमा भेट इरानसमर्थिन फौजसँग हुने गर्छ ।

देशमा व्याप्त भ्रष्टाचार र नातावादको विरोधमा उर्लेको प्रदर्शनमा अमेरिका र इरान दुवैविरुद्ध नारा लगाएको सुनिन्छन् ।

अमेरिकाले इराकी शासन सम्प्रदाय सम्बद्धताको आधार सरकार गठन हुने व्यवस्था निर्माण गरेको थियो र इरानले त्यसलाई टिकाउन सघाइरहेको भनेर धेरै इराकीको असन्तुष्टि देखिन्छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपको मध्यपूर्व तथा उत्तर अफ्रिका एकाइका प्रमुख जुस्ट हिटरम्यानका अनुसार अधिकांश युवा इराकी तिनको देशमा इरान र अमेरिका दुवै नबसोस् भन्ने चाहन्छन् 

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भारतमा फेरि २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । तमिलनाडुको भेलोर जिल्लास्थित तीनजनाको समूहले युवतीलाई चक्कु प्रहार गर्ने धम्की दिँदै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । निर्भया बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय सुनाएको एक महिना नपुग्दै यस्तो घटना भएको हो ।

भारतीय मिडियाका अनुसार सार्वजनिक पार्कमै ती युवतीको साथमा रहेका पुरुष साथीलाई कुटपिट गरी लखेटिएको थियो । स्थानीय समय अनुसार शनिबार राति सबा ९ बजे यस्तो घटना भएको भेलोर प्रहरीले जनाएको छ ।

तीनजनाको समूहबाट खोस्ने प्रयास गरेका युवाकलाई भने उनीहरुले कुटपिट गरी लखेटेका थिए । बलात्कारपछि युवतीको सेल फोन र गहना समेत चोरेर लगेको बताइएको छ । ‘जब युवती घर पुगिन् उनले कुटपिटसँगै मोबाइल र गहना चोरिएको भनेर आफ्ना भाइलाई सुनाइन् ।

तर उनले बलात्कारको कुरा भनिनन् । उनीहरु सुरुमा उपचारका लागि अस्पताल पुगे । त्यहाँ उनले के भएको भनेर डाक्टरलाई भन्नैपर्ने भयो । त्यसपछि तुरुन्तै उनीहरु प्रहरी स्टेशनमा पुगे,’ अनुसन्धान अधिकृतले भने । प्रहरीका अनुसार उक्त घटना ‘भेलोर फोर्ट’ नजिकै भएको थियो । पीडितका अनुसार बलात्कारमा संलग्न तीन जनामध्ये एकजना ३ देखि ४५ वर्ष उमेर र अरु दुई २० वर्षजतिका थिए ।

भारत-श्रीलंका सैन्य गठबन्धन बलियो बनाउने सहमति

भारत र श्रीलंकाबीच सैन्य गठबन्धन बलियो बनाउने र छिमेकी मुलुकसँग समुद्री सम्बन्ध फराकिलो पार्ने सहमति भएको छ । भारत र श्रीलंकाबीच भएको सुरक्षा वार्तामा यस्तो सहमति भएको हो ।

चिनियाँ प्रभाव बढिरहेको श्रीलंकासँग भारतले नयाँ सम्बन्ध अघि बढाएको हो । भारतको क्षेत्रीय प्रतिष्पर्धी ठानिएको चीनले छिमेकी मुलुकहरुमा भौतिक संरचना निर्माण लगायत सहयोग गरी प्रभाव जमाउँदै गरेको छ ।

श्रीलंका र माल्दिभ्समा पनि पछिल्लो समय चिनियाँ लगानीमा ठूला भौतिक संरचना निर्माण हुँदै छन् । यसैबीच भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले श्रीलंकाका राष्ट्रपति राजपाक्षसँग भेटवार्ता गरेका थिए ।

उनीहरुको वार्ता समुद्री अनुसन्धान समन्वय केन्द्र स्थापनाका लागि केन्द्रित भएको बताइएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको थियो । तर उक्त केन्द्रबारे विस्तृत जानकारी भने उल्लेख गरिएको छैन ।

साथै उनीहरुले सैन्य गठबन्धन बलियो बनाउने र तटीय समन्वय गर्नेबारे छलफल गरेका थिए । भारतसँगको सम्बन्ध नयाँ नभए पनि ‘चीन फ्याक्टर’का कारण श्रीलंकाका लागि महत्वपूर्ण भएको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

आईएसका मोटा नेता, जो प्रहरीको भ्यानमै अटाएनन्

इराकमा हालै आईएसआईएस सम्बद्ध एकजना पक्राउ परे । आईएसका उच्चस्तरीय नेता अबु अब्दुल बरी पक्राउ परेका हुन् । तर उनीबारे केही अनौठा खबर बाहिर आएका छन् । अत्याधिक मोटोपनका कारण उनलाई प्रहरीले भ्यानमा राख्न समेत सकेन ।

उनलाई लिनका लागि मिनी ट्रक लगिए पनि नअटाएको कुरा स्थानीय मिडियाले जनाएका छन् । स्थानीय मिडियाका अनुसार उनी उत्तेजित भाषण गरी कार्यकर्तालाई सुरक्षाफौज विरुद्ध भड्काउन सक्षम मानिन्छन् ।

तर पछिल्लो समय उनी मोटाउँदै जाने रोग (ओभेसीटी)का कारण थलिएरै बसेका थिए । अब्बुको २ सय ५० केजी तौल रहेको बताइएको छ । उनी रहेकै स्थानमा प्रहरी पुगेर उनलाई पक्राउ गरेको हो ।

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्तराज्य अमेरिकाबीच प्रविधि युद्ध जारी रहेको सङ्केत गरेको छ ।

meng wanzhou huawei kantipath

क्यानडाले सन् २०१८ मा अमेरिकाको अनुरोधमा हुवावेका संस्थापककी छोरी एवं हुवावेकी मुख्य वित्तीय अधिकारी मेङ वेनझाउको गिरफ्तारीले बेइजिङलाई चकित पारेको थियो । सूचना प्रविधिका क्षेत्रमा महान शक्ति बन्ने चीनको महत्वाकांक्षालाई हुवावेले प्रतिनिधित्व गरिरहेको छ, तर हुवावे वर्षौंदेखि अमेरिकाको सुरक्षा चिन्ताको विषय बनेको छ । बेइजिङले मेङको मामलालाई चीनको उदयलाई रोक्ने अमेरिकी कदमको रूपमा हेर्दछ ।

‘यो चिनियाँ सरकारको सर्वोच्च प्राथमिकताको मुद्दा हो । तिनीहरू असाध्यै मूर्ख छन् । उनीहरूले यो मुद्दालाई नजिकबाट नियालिरहेका छन्,’ ब्रिटिश कोलम्बिया विश्वविद्यालयको एसियाली अनुसन्धान संस्थानका अनुसन्धाता वेनरान जियाङले बताए ।

वाशिङ्टनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरुको उल्लङ्घन गरी इरानमा हङकङको एक बैंकमार्फत हुवावेका उपकरणहरु बिक्री गरेको आरोप लगाएको छ । इरानसँगको व्यापारिक कारोबारमा हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङले एचएसबिसी बैंकलाई भ्रमित पारेर धोखा दिएको अमेरिकी आरोप छ ।

क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आएकी छिन् । उनले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहनुभएको छ । मेङको प्रतिरक्षा गरिरहेका वकिलहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका टिप्पणीहरुबाट यो मुद्दा राजनीतिक प्रेरित रहेको पुष्टी भएको दाबी गरेका छन् ।

हवाई उडान परिवर्तन गर्ने क्रममा डिसेम्बर २०१८ मा भ्यानकुभरमा क्यानडाली अधिकारीहरूले मेङलाई गिरफ्तार गरेका थिए । यसैदिन ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार वार्ताका सन्दर्भमा भेटघाट पनि भएको थियो ।

अभियोजकहरूले मेङको मामला व्यापार विवादबाट अलग रहेको जनाएका छन्, तर ट्रम्पले व्यापार वार्तामा मद्दत पुग्ने अवस्था देखिए आफूले मुद्दा सुल्झाउन हस्तक्षेप गर्ने बताएर यो मुद्दा राजनीतिक प्रेरित रहेको सङ्केत गरेका थिए ।

गत हप्ता चीन र अमेरिकाबीच ‘पहिलो चरण’ को व्यापार सम्झौता भएको थियो, तर धेरै विश्लेषकहरूको विचारमा अमेरिकाको मुख्य चासोको सूचना प्रविधिको विषयलाई सम्बोधन गर्न वर्षौं लाग्नेछ ।

ट्रम्पले हुवावेको भाग्य व्यापार वार्तामा मोलतोलको रूपमा प्रयोग गर्ने सम्भावना देखाएका भएपनि बुधबार घोषणा गरिएको सम्झौतामा कम्पनीका विषयमा केही उल्लेख गरिएको छैन ।

मोबाइल फोनसेट र इन्टरनेट कम्पनीहरुका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो । वासिङ्टनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरु देशहरुलाई दबाब दिएको छ । हुवावेका उपकरणहरु देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ ।

‘मेरो विचारमा यो वैचारिक मोर्चासँगै प्राविधिक युद्धको शुरुवात हो,’ टोरोन्टो विश्वविद्यालयका प्राध्यापक लिनेट ओङले बताए । ‘तपाईंले अबको विश्व दुई भागमा विभाजित भएको देख्नुहुनेछ । एउटा पक्षले चिनियाँ कम्पनीहरूका उपकरण प्रयोग गर्नेछन् भने अर्को पक्षले चिनियाँ कम्पनीहरूका सामान बहिस्कार गर्नेछन् ।’

वासिङ्टनस्थित रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका जेम्स लेविसले अमेरिकाले मेङलाई पक्राउ गर्दा हुवावेले जानाजान प्रतिबन्धहरु उल्लङ्घन गरेका आफूसँग बलिया प्रमाणहरु रहेको दाबी गरेको बताएका छन् ।
‘अब चीन विकासशील मुलुक मात्र हो भन्ने छैन, चीन अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको बलियो मुलुक भइसक्यो । अब चीनले जिम्मेबार भएर प्रस्तुत हुनुबाहेक अर्को विकल्प छैन,’ लेविसले भने ।

मेङको प्रत्यर्पण सुनुवाईका क्रममा उनले अमेरिकी र क्यानडाली कानुनको उल्लङ्घन गरे नगरेको बारेमा बहस हुनेछ । मेङका वकिलहरूले शुक्रबार एउटा प्रस्ताव पेस गरेका छन् जसमा मेङमाथि धोखाधडीको मुद्दा नभई अमेरिकी प्रतिबन्धहरुका बारेमा मात्र हो भनिएको छ । क्यानडाले इरानमाथि समान प्रतिबन्ध लगाएको छैन ।

यो प्रत्यर्पण मामला समाधान गर्न केही वर्ष लाग्न सक्छ । वास्तवमा क्यानडाबाट संयुक्तराज्य अमेरिकामा हुने सबै प्रत्यर्पण अनुरोधलाई क्यानडाली न्यायाधीशले अनुमोदन गर्नुपर्दछ ।

मेङको पक्राउको विरोधस्वरुप चीनले क्यानडाका पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरुलाई जेलमा राखिएको छ ।

चीनले क्यानडाबाट आयात हुने तेल बीज र मासुसहितका विभिन्न सामानको आयातमा प्रतिबन्धहरु लगाएको छ । ‘क्यानाडाले अमेरिकासँगको आफ्नो प्रत्यर्पण सन्धिका सर्तहरू पूरा गरिरहेको छ तर यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ,’ क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रूडोका पूर्व विदेश नीति सल्लाहकार रोलान्ड पेरिसले बताए ।

‘हामी अहिले बाँचिरहेको यो त्यस्तो प्रकारको संसार हो जहाँ क्यानाडाजस्ता देशहरू खुम्चिएर खतरामा बाँच्नु परिरहेको छ ।’

ह्‍यारीका ससुरा भन्छन् : छोरीले राजपरिवारको बदनाम गरिन्

बेलायती राजपरिवारका पूर्वयुवराज ह्यारी र उनकी पत्नी मेघन मर्केल पछिल्लो समय विवादमा छन् ।

harry meghana kantipathnews

हालै उनीहरु राजपरिवारको जिम्मेवारीबाट मुक्त पनि भए । तर यसबीचमा ह्यारी दम्पतीको प्रतिक्रिया र अन्तर्वार्तालाई लिएर मुद्दा नै बनेको छ । हालै मेघनका बावु थोमस मर्केलले आफ्नी छोरीले बेलायती राजपरिवारको बदनाम गरेको टिप्पणी गरेका छन् ।

बकिंघम प्यालेसले ह्यारी दम्पतीलाई जिम्मेवारी मुक्त भएको घोषणा गरेपछि थोमसले एक अन्तर्वार्ता दिएका थिए । थोमसले छोरीको पछिल्लो गतिविधिलाई लिएर  टिप्पणी गरेका हुन् ।

‘च्यानल फाइभ न्युज’का लागि दिएको अन्तर्वार्ता सार्वजनिक हुँदै गरेको बताइएको छ ।

जहाँ थोमसले मेघनलाई ‘हरेक केटीहरुको पैसा कमाउने सपना फ्याँकिदिएको’ आरोप लगाएका छन् । साथै उनीबाट दुखी बनेको पनि उनको प्रतिक्रिया छ । राजपरिवारलाई थोमसले ‘अहिलेसम्मकै जीवन्त रहने महान संस्था’ को रुपमा चित्रित गरेका छन् ।

मेघनले २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन् । राजपरिवारको एक सदस्य र प्रतिनिधिको रुपमा मेघन रहेको तर उनीहरुले त्यो छवि नष्ट गरिदिएको थोमसको आरोप छ ।

राजपरिवारबाट हटेपछि ह्यारीको पहिलो प्रतिक्रिया

harry meghana

ब्रिटेन राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दुस्ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक अरू कुनै विकल्प नभएको बताएका छन्।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

उनले भने,म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए।

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्।

त्यसको सुरुवात् गर्दै उनले भने, गत केही साताहरूमा तपाईँहरूले के सुन्नुभयो वा पढ्नुभयो होला भन्ने म कल्पना मात्र गर्न सक्छु, त्यसैले म चाहन्छु तपाईँहरू मबाट मैले जति साझा गर्न सक्छु त्यो जति सत्य कुरा सुन्नुहोस् भन्ने चाहन्छु, एउटा राजकुमारका रूपमा होइन ह्यारीका रूपमा।

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सधै उच्चतम सम्मान रहेको पनि उनले बताए।बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ।दरबारका अनुसार अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई रोयल हाइनेसु भन्ने चलन छ।दरबारद्वारा जारी वक्तव्यका अनुसार ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।आगामी वसन्त ऋतुबाट यो निर्णय कार्यान्वयनमा आउने दरबारले जनाइसकेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले माग्यो माफी !

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले माफी मागेको छ । बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा सीको नाममा प्राविधिक कारणले अर्कै अर्थ लाग्ने शब्द देखिएको भन्दै फेसबुकले शनिबार माफी मागेको हो ।

Xi Jinping facebook Mark Zuckerberg

सी हाल दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन सी र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीबीच दर्जनौं सम्झौता भएका थिए । सोही सम्झौतापछि सुकीको आधिकारिक फेसबुक पेजमा सीबारे उल्लेख गरिएको थियो । तर जब फेसबुकमा त्यसको अंग्रेजी अनुवाद गरियो राष्ट्रपति सीको नाममा ‘अश्लील अर्थ’ लाग्ने अंग्रेजी शब्द देखियो । स्थानीय न्युज जर्नल ‘द इर्रावाड्डी’ मा सोही गलत अंग्रेजी शब्दसहितको ‘हेडलाइन’ समेत प्रकाशित भएको थियो ।

‘फेसबुकमा बर्मेलीबाट अंग्रेजी भाषामा भएको गलत अनुवादसम्बन्धी प्राविधिक विषयलाई हामीले समाधान गरेका छौं । यस्तो गल्ती हुनुहुँदैन्थ्यो र भविष्यमा यस्ता गल्ती नहोऊन् भनेर हामीले कदम चालेका छौं । यो गल्तीका लागि हामी इमानदारीका साथ माफी माग्छौं,’ फेसबुकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बर्मेली डाटाबेसमा राष्ट्रपति सीको नाम छैन,’ कम्पनीले बताएको छ । बर्मेली भाषाको ‘सी’ र ‘शी’ बाट सुरु हुने सबै शब्दमा फेसबुक अनुवादले एउटै अर्थ उत्पादन गर्ने गरेको पनि उसले जनाएको छ ।

यस विषयमा चिनियाँ विदेश मन्त्रालयले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ । चीनमा फेसबुक प्रतिबन्धित छ । 

लिबिया संकटबारे जर्मनीमा छलफल

बर्लिन : लिबियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा आइतवार सम्मेलन शुरु भएको छ। टर्की, रूस र फ्रान्सका राष्ट्रपतिहरू लगायतका नेताहरू आइतवार जर्मन चान्सलर एन्जेला मार्केलको संयोजकत्वमा आयोजित सम्मेलनमा छलफलमा सहभागी भएका छन्।

जर्मन चान्सलर मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेकी हुन्। सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी भएका हुन्।

अमेरिका, बेलायत, चीन र संयुक्त अरब इमिरेट्स (युएई), गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधि पनि वार्तामा सहभागी छन्। संयुक्त राष्ट्रसंघ, यूरोपेली संघ, अफ्रिकन युनियन र अरब लिग पनि सउ्रस्थागत रूपमा छलफलमा उपस्थित भएका छन्।

लिबियामा जारी द्वन्द्व अन्त्यका लागि विदेशी शक्तिमार्फत हतियार, सेना र आर्थिक सहयोगमार्फत भएको हस्तक्षेप रोक्ने हुनेछ। राष्ट्रसंघद्वारा मान्यताप्राप्त लिबियाली प्रधानमन्त्री फायज अल(साराज र लिबियाली सैनिक नेता खालिफा हफ्तरबीच शान्तिका लागि वातावरण निर्माण गर्न विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि छलफलमा जुटेका छन्।सम्मेलनमा लिबियाली प्रधानमन्त्री साराज र विद्रोही नेता हफ्तर पनि छलफलमा सहभागी छन्।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...