1478958692 banner ad format

 
 

धनगढी - बजार अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आज कैलालीको टीकापुरमा तोडफोड भएको छ । 

Karna Bahadur BK

टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुग्नु भएका राज्यमन्त्री विकले प्रयोग गर्नु भएको बा १ झ ९६६९ नं को जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । 

बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ । प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ । घटनापछि आपूर्ति राज्यमन्त्री र प्रजिअको उपस्थितिमा समस्या समाधानको प्रयासका लागि सर्वपक्षीय बैठक बसेको छ । 

राज्यलाई तिर्नुपर्ने कर नबुझाउने माथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरिरहेका छन् । 

अनुगमन टोलीले तीन दिनअघि धनगढीका दुई पसलमा शिलबन्दी गरेको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood