1478958692 banner ad format

 
 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार बनेका प्रमुख तीन दलका उम्मेदवारहरूले अनेक चुनावी कार्यसूची अगाडि सार्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

 Kathmandu Metropolitan City
प्रमुख प्रतिस्पर्धा प्रमुख तीन दलबीच हुने भएपछि उम्मेदवारले पनि सोही अनुसारको तर्क गरेका छन् ।

देशकै राजधानी रहेको सुविधासम्पन्न महानगरपालिकाको प्रमुखका लागि तीनवटै दलका नेता तथा कार्यकर्तालाई अहिले चुनावी चटारो छ । घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारहरूले उस्तै दाबी गरे, “मेरो प्रतिस्पर्धा कोहीसँग हुन सक्दैन, जित सुनिश्चित छ । ”

देशको प्रमुख निकाय रहेको महानगरपालिकामा प्रमुख पद कसले पड्काउँछ भन्ने आमजिज्ञासा छ । प्रमुख पदका लागि धेरै दलको तर्फबाट उम्मेदवारी परे पनि प्रमुख तीन दलका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने यहाँका मतदाताहरूको अड्कल छ । सोहीअनुसार कुन उम्मेदवारलाई मत दिएर बढी मतले जिताउने भन्ने निक्र्योल पनि मतदाताहरूले चासो बढाउन थालिसकेका छन् ।

घाम लाग्दा धुलैधुलोको ‘धुलोमान्डु’ र पानी पर्दा हिलैहिलोको ‘हिलोमान्डु’लाई जसले सही रूपमा व्यवस्थापन गर्ने योजना ल्याउँछ, त्यही उम्मेदवारलाई जिताउने अधिकांश मतदाताको भनाइ छ । त्यसैले उम्मेदवारहरू पनि त्यही विषयलाई प्रमुख कार्यसूची बनाएर चुनावी प्रचारमा व्यस्त छन् ।

नेपाली कांग्रेसबाट काठमाडौं प्रमुखको उम्मेदवार बनेका राजुराज जोशीले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । “निर्वाचनमा मतदाताले मतमात्र खसाउन बाँकी छ, मेरो जित सुनिश्चित भइसक्यो”, जोशीले भने । आफ्नो प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी दल एमालेको उम्मेदवारसँग हुने बताउँदै जोशीले धेरै मतको अन्तरले विजय हासिल गर्ने दाबी गरे ।

नयाँ संविधान कार्यान्वयन गरी काठमाडौंलाई व्यवस्थित सहरका रूपमा विकसित गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

नेकपा (एमाले)बाट मेयरको उम्मेदवार रहेका विद्यासुन्दर शाक्यले अहिले देशभर एमालेकै लहर भएकाले काठमाडौंजस्तो प्रमुख स्थानमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । “मेरो जितको आधार मेरो पार्टी र सङ्गठन हो, सङ्गठनकै जोडबल र मेरो कार्यक्षमता र मतदातासँगको नजिकको लगावले मेरो जित सुनिश्चित छ”, उनले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood