1478958692 banner ad format

 
 

काठमाडौं । बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना जारी रहेको छ । हालसम्म काठमाडौं महानगरपालिकामा नेकपा एमालेका बिद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । उनको १७२ मत रहेको छ ।

Kathmandu Metropolitan City results

नेपाली कांग्रेसका राजुराम जाशीको ११ मत रहेको छ । माओबादी केन्द्रका सर्वोत्तम डंगोलको ७ मत, साझा पार्टीका किशोर थापाको १२० मत तथा विवेकशील नेपालीका रञ्जु दर्शनाको ९१ मत रहेको छ ।

त्यस्तै, ललितपुर महानगरपालिकामा पनि एमालेकै अग्रता रहेको छ । हालसम्म एमालेको हरिकृष्ण व्यञ्जनकारले २६२५ मत पाएका छन् नेपाली कांग्रेसका चिरीबाबु महर्जनको २१७७, माओबादी केन्द्रका ८४७, नयाँ शक्तीका मदन महर्जनको २८ तथा साझा पार्टीका रमेश महर्जनको १३६ मत रहेको छ ।

पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेले नै अग्रता लिएको छ । एमालेका मानबहादुर जिसीको ९३१ मत, कांग्रेसका रामजी कुँबरको ६६५ मत, राप्रपाका गीता गुरुङको १० मत तथा नयाँ शक्तीका हुमबहादुर तमुको १४७ मत रहेको छ ।

उता प्रचण्ड पुत्री रेणु दाहाल उठेको भरतपुरमहानगरमा रेणु दाहालले अग्रता लिएकी छिन् । रेणुको ४४७ मत रहेको छ । उनलाई पछ्याउँदै एमालेका देवी ज्ञवालीले ४१८ मत पाएका छन् र राप्रपाका बद्रि तिमल्सिनाको १ मत रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood