1478958692 banner ad format

 
 

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीबाट गत बिहीबार हराएका ५ बर्षे बालक चार दिनपछि सकुशल फेला परेका छन् ।  बालक बिशाल चौधरीलाई काँडाघारीबाट उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ ।

kathmandu school bishal

बालकका बाबु अजय चौधरीले पनि बालक फेला परेको पुष्टि गरे । 

क्षेत्रपाटी–पकनाजोलस्थित सरस्वती सेकेन्डरी स्कुलको युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै हराएका थिए । 

गत बिहीबार विद्यालय गएका बालकलाई विद्यालय छुट्टि हुनेबेलामा लिन गएका बाबु अजय विद्यालय पुग्दा अरु कसैले लगिसकेका थिए । तर, बालक कसले लग्यो भन्ने अझै खुलेको छैन । 

यता, प्रहरीले अनुसन्धान थालेको बताउँदै यसबारे थप अहिले केहि भन्न नसक्ने बताएको छ ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई नियन्त्रणमा लिएको जनाएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood