1478958692 banner ad format

 
 

धुलिखेल - काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेमा आज साँझ यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

accident hetauda min

बनेपाबाट साझाकोटतर्फ जाँदै गरेको बा ३ ख ३२१५ नं को बस दुर्घटनामा परी बसका सहयोगी नमोबुद्ध नगरपालिका–९ दाप्चा बस्ने २० वर्षीय रेवन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीराज थपलियाले बताए । 

दुर्घटनामा परी घाइते भएका बसका चालक महाभारत गाउँपालिका बूढाखानीका ३६ वर्षीय मानबहादुर लामालाई उपचारका लागि धुलिखेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

बसका सहचालक फरार रहेकोले खोजी भइरहेको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । सो बसमा तीन जना मात्र सवार रहेको प्रहरीले जनाएको छ । 

यसैबीच, आजै बिहान सोही वडाको निङ्गाले भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा सात जनाको मृत्यु हुनका साथै ११ जना घाइते भएका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood