Hidden
पत्रकार खेम भण्डारी कारागार चलान
पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो ।
उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।
याे पनि पढ्नुहाेस् - निर्मला पन्त प्रकरण : पत्रकार भण्डारी पक्राउ
निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए ।
याे पनि पढ्नुहाेस् - दिलिप विष्टमाथि पुनः छानविन गर्न निर्मलाकी आमाकाे माग
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टमाथि पुनः अनुसन्धानको माग अघि सारिएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले आफुले किटानी जाहेरी दिँदा समेत दिलिपमाथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार बैद्यसँग दुखेसो पोखेकी छन् । दुर्गाले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रजिअ बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राखेकी छन् । ‘प्रहरीले लिएको बयानमा दिलिपले हत्या गरेको स्वीकार गरेका छन्, जुन जुन विषय उतिबेला बोले त्यही विषय अहिले पनि बोलिरहेका छन्,‘ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘गत वर्ष बोलेका विषय र अहिले बोलेका विषय पुरै मिलेका छन् ।’
दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने उल्लेख गर्दै सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथि समान्य केरकार नगरेको बताइन् । कतिपय अधिकारकर्मीले निर्मलाका नाममा डलर पचाएर पन्छिएको दुर्गाले आरोप लगाउदै आएकी छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने, ‘निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रकृया अघि बढाएका छौँ ।’
निर्मला हत्या भएको झण्डै १५ महिना वितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।
प्रकासित मिति