दैलेख । नेकपा एमालेका अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्नसक्ने बताएका छन् ।
नेपाल पानीमामात्रै धनी नभएको उल्लेख गर्दै उनले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहित चिनियाँ टोली दैलेख पठाइ अध्ययन तथा अवलोकन गरेपश्चात् पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाए ।
दैलेखमा आयोजित चुनावीसभामा उनले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताए ।
चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहोर्याउँदै उनले ‘सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आसन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउनेछ’–भने ।
माओवादी केन्द्रका नेता रामबहादुर थापाले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए ।
‘गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।
प्रकासित मिति