annapurna add

kp oli security threat

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटको कारण देखाउँदै धुम्बाराहीस्थित पार्टी कार्यालयमा राखिएको बैठकमा जान मानेनन् । बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमै सारियो । १३ गतेको सचिवालय बैठकले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । ओली चार तहको सुरक्षा घेरामा हिँड्छन् । निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा छ । राष्ट्रिय अनुसन्धानका कर्मचारी २४ सै घण्टा उनको सुरक्षा र चुनौतीका सूचनाहरू संकलन गरिरहेका हुन्छन् । तर अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाएपछि बैठकस्थल सारियो । अन्ततः नेकपा सचिवालय बैठक बालुवाटारमा बस्यो । सुरक्षा थ्रेटको कारण हालै राजावादीहरुले गरिरहेको राजतन्त्र फर्काउने आन्दोलनलाई दिईएको छ ।

अहिले प्रधानमन्त्रीको सुरक्षार्थ मात्रै ९० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । उनीहरू फरक-फरक ठाउँमा हुन्छन् । तर एक आपसमा प्रधानमन्त्रीको आवत-जावत तालिका, उनको सुरक्षा अवस्था, सम्भावित चुनौती विश्लेषणका बारेमा सुरक्षाकर्मीले सेटबाटै जानकारी आदान प्रदान गरिरहेका हुन्छन् । सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मी स्वचालित हतियारका साथ तयार हुन्छन् । तर आजको बैठक सार्ने सन्देशको जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अस्ति सर्वसम्मत निर्णय भएको बैठकस्थल पार्टी कार्यालयबाट सार्ने कुरो कदापी मान्य हुँदैन’ भन्ने जवाफ दिएको बताइन्छ ।

त्यसपछि दोहोर्याएर धुम्बाराहीमा बैठक राख्दा राजावादीहरुबाट हो-हल्ला,जुलुस र सुरक्षा खतराको संकेत देखिएकोले बैठकस्थल सार्नैपर्ने जरुरी सन्देश खुमलटारलाई दिइएको निकटस्थहरूले बताएका छन् । अर्का अध्यक्ष दाहालले ‘कसलाई आक्रमण गर्ने योजना रहेछ र ?’ भन्ने जिज्ञासा राखेपछि बालुवाटारको तर्फबाट ‘त्यसबारे सबै जानकारी गृह मन्त्रालयसँग रहेको जवाफ प्राप्त भएको बताइन्छ ।’ स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले दिएको रिपोर्टको हवाला दिदै गृहमन्त्रीले समेत ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको बताएका थिए । त्यसैलाई आधार मान्दै आज दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालयमा हुने भनिएको सचिवालय बैठक पुनः बालुवाटारमै भएको हो ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए। ’सुरक्षाका निकायहरुले धुम्बाहारीमा सुरक्षा जोखिम रहेको भन्ने सूचना प्रधानमन्त्रीलाई दिएको र महासचिव पौडेल सो कुरा कार्यकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएपछि बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको हो ।

प्रधानमन्त्रीको सुरक्षाका लागि मात्रै मासिक ७५ लाख बढी खर्च पुग्ने गृहमन्त्राय स्रोतले जनाएको छ । यो खर्च नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको मासिक पारिश्रमिक तथा सेवा सुविधालगायतको हो । यसमा प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको कार्यालय, सवारी र व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको खर्चलगायत पनि जोडिएको हो । गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० ले प्रधानमन्त्रीलाई अतिविशिष्टको रूपमा वर्गीकरण गरेको छ । सोही आधारमा अति उच्च स्तरको खतरा थ्रेटलाई वर्गीकरण गरी त्यसै अनुसार सुरक्षा प्रबन्ध पनि मिलाइएको छ । यति हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई आफ्नै पार्टी कार्यालयमा सुरक्षा थ्रेट देखिएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...