annapurna add

काठमाडौं । सत्तारुढ नेकपाभित्रको चर्को विवादका कारण पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । पार्टी भित्र ३ ओटा ठूला गुटहरु रहेका छन भने अरु अनगिन्ती सामान्य उपगुटहरु पनि अस्तित्वमा छन ।

oli gut vip kantipathपार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुट सबैभन्दा बलियो छ भने अर्का अध्यक्ष केपी शर्मा ओलीको गुट सबैभन्दा कमजोर देखिएको छ । प्रचण्ड गुट पूर्व माओवादीहरुको विरासत बोकेको गुट भएको उक्त गुट संधै शक्तिशाली भएरहन्छ ।

दोश्रो शक्तिशाली गुट माधव नेपाल समूह हो । यो गुटपनि विगत लामो समयदेखि प्रधानमन्त्री ओली इतर मानिदै आएको छ । एकअर्का बीचमा देखि नहने ओली–नेपाल गुटका कारण प्रचण्डले पूर्वएमालेमा खेल्ने अवसर पाएका छन । यो गुटका नेताहरु माधव नेपालले गरेका प्राय निर्णयहरुमा सहमती जनाउने गर्दछन ।

तेश्रो गुट ओली समूह हो । यो समूह पार्टीमा संधैभरी कमजोर देखिएको समूह हो । संधैभर पार्टीको पेलानमा परेको ओली गुट अहिले माधव नेपाललाई पेलान गरिरहेको छ । पार्टीमा सानो समूह रहेको बामदेब गौतमको सहयोगमा पार्टी अध्यक्ष बनेका केपी ओली पहिला पेलानमा परेको साथिहरुसँग रमाउन थाल्दा अहिले पार्टीको यो दुरदशा देख्न परेको हो ।

ओलीको आफ्नो छुट्टै गुट छैन । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको गुटलाई संरक्षण गर्दै आफूले नेतृत्व गरिरहेका छन । ओली भनेपनि त्यहाँ रहेको प्राय नेताहरु विद्यादेवी भण्डारीका हुन । ओली गुटमा ९० प्रतिशत नेताहरु भण्डारीका हुन । त्यही कारणले ओली पार्टीमा निकै कमजोर र निकम्मा बनेका छन ।

अहिले त्यही कमजोर ओली गुट पनि फूटको संघरका पुगेको छ । ओली गुट तीन चिरामा विभाजन भएको छ । एउटा गुटको नेतृत्व इश्वर पोखरेलले गरेका छन भने अर्को गुटको नेतृत्व संकर पोखरेलले गरेका छन । यी दुई उपसमूहरु बीचमा प्रधानमन्त्री ओलीले पार्टी पुटाएर पद बचाउने की, प्रधानमन्त्रीबाट राजिनामा दिएर पार्टी बचाउने भन्ने विषयमा विवाद हुँदा ओली गुट थप कमजोर देखिएको हो ।

इश्वर पोखरेल समूहका नेताहरुले पार्टी पुटाएर भएपनि राजीनाम दिन नहुने विचार राख्दै प्रधानमन्त्रीलाई सल्लाह दिइरहेका छन । यो समूहले प्रचण्ड र माधव नेपालसँग झुक्नु हुन्न भनेर प्रधानमन्त्री ओलीलाई उचाली रहेको छ ।

उनीहरु कुनै पनि पदबाट राजीनामै दिनुहुन्न भन्नेमा प्रष्ट छन । यो समूहमा पोखरेलसहित, सुवास नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु छन् । यो समूहका नेताहरुको लाइन आवश्यक परे पार्टी विभाजन गरेर अलग हुनुपर्छ, तर प्रचण्ड माधव नेपाल समूहसँग झुकेर जानु हुदैन भन्ने छ । यो समूह ओली गुटभित्र बलियो समूहको रुपमा देखिएको छ ।

त्यस्तै, अर्को समूह यसको ठिक विपरित प्रधानमन्त्रीबाट राजीनामा दिएर भएपनि पार्टी जोगाउनुपर्छ भन्नेमा क्लियर छ । प्रधानमन्त्रीले दुई मध्ये एक पद मुख्यतः प्रधानमन्त्री पद छोडेर जानुपर्छ भनेर यो समूहले बहस चलाई रहेको छ । पार्टीभित्र विवाद चर्किएको अवस्थामा पार्टी विभाजन रोक्ने र आवश्यक परे एउटा पद छोडेरै जानुपर्ने धारणा यो समूहमा देखिएको छ । यो धारको नेतृत्व प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन ।

सरकारले नक्सा सार्वजनिक गरेर राष्ट्रवादी चरित्र देखाएको तर कोरोना संकटका कारण देखिएको संकटले सरकारले अब राम्रो प्रभावकारिता देखाउन नसक्ने अवस्था रहेको बेला प्रधानमन्त्रीले आवश्यक पर्दा आलोचित भएर सरकारमा बसिरहनु भन्दा सरकारबाट हटेर मार्गप्रसस्त गर्दा नै आफनो लोकप्रियता कायम राख्न सकिने उनीहरुको भनाई छ । आवश्यक पर्छ भने राजीनामा पनि दिएर जान सक्नुपर्ने आवाज उनीहरुले उठाईरहेका छन् ।

अर्को समूह पूवमाओबादीलाई अलग बनाएर पूर्वएमालेहरु मिल्नपर्ने कुराको वकालत गर्दै आएको छ । यो गुटको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका छन । माधव नेपाल र ओली समूहसँग मिल्नुमै हित भएको उनीहरुको विचर छ । यो समूहमा ढकालसहित खगराज अधिकारी लगायतका ओली निकट नेताहरु छन् ।

यो समूहले पूर्वएमाले धारलाई बलियो बनाएर माओवादी धारलाई कमजोर बनाउने र पूर्वएमाले अधिनस्थ बनाएर प्रचण्डहरुलाई पेलेर जानुपर्ने सुझाव दिएको ओली निकट एक नेताले बताए । जनताको बहुदलीय जनवादका नाममा ओली र माधव नेपाललाई एक गठ बनाएर जानुपर्ने मत यो समूहले उठाईरहेको छ ।

यही विषयका कारण ओली गुट थप कमजोर बनेको छ । ओली गुट तीन चिर बनेपछि प्रधानमन्त्री ओली प्रचण्डसँग शक्ति सेयर गरेरै आगाडी बढ्ने मनस्थितिमा रहेको बालुवाटार निकट श्रोतको भनाई छ । आफ्नो गुटमै तीन थरिका कुरा आएपछि प्रधानमन्त्री ओली निरास बनेका छन ।

प्रधानमन्त्रीमा आफू रहिरहने र प्रचण्डलाई पार्टीको महत्वपूर्ण निर्णयबाहेक एकल निर्णयको अधिकार दिएरै भएपछि समस्याको समाधान गर्ने मुडमा ओली पुगेको बुझिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...